फाष्ट मिडिया नेपाल
विराटनगर । नेपालको शिक्षा प्रणालीको व्यापक रुपमा विरोध भईरहेका सरकारी क्याम्पसलाई विद्यार्थी तथा शिक्षक र प्रशासनले राजनीतिक क्रिडास्थल बनाएर पढ्न चाहने विद्यार्थीको भविष्य अन्धकार बनाउने गरेका दृष्टान्त नयाँ होइन । खासगरी सरकारको स्वामित्वमा रहेका क्याम्पसहरुमा विद्यार्थीहरु र शिक्षक संगठन खोलिए पछि पढाई भन्दा पनि नेता बन्ने दौडमा शिक्षक र विद्यार्थी लागेको देखिन्छ । यस्तै दिनचर्यामा बितेको क्याम्पस हो विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस । क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियनलाई वेवास्ता गरेर दादागिरीका रुपमा गतिविधि बढाएको आरोपमा क्याम्पस प्रमुख बाबुराम तिम्सिनासहित ६ जनालाई कार्यकक्षमै थुनिदिएको बताएका छन् । थुनिएकाहरु शुक्रबार साँझ साढे ९ बजेसम्म छुटेका थिएनन् ।
क्याम्पस प्रमुख तिम्सिनासहित सहायक काम्पस प्रमुख विष्णुदेव दास, सुशिल अधिकारी, शिवनारायण चौधरी, समान्य प्रशासन प्रमुख सविना गौतम र कर्मचारी प्रशासन महाशाखाका गोपाल घिमिरेलाई विद्यार्थीहरुले दिउँसो २ बजे कार्यकक्षमै थुनिएका हुन् ।
स्ववियु सभापति जसवन्त पौडेलले क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनलाई वेवास्था गरेर क्याम्पस प्रशासनले आफु खुशी मनपरीतन्त्र चलाएकोले त्यसको विरुद्ध थुनिएको बताए ।
सभापति पौडेलले सम्पन्न भईसकेको स्वतन्त्र विद्यार्थी युनियनको हिसाब किताब क्याम्पस प्रशासनले सार्वजनिक गर्न आलटाल गरिरहेको, क्याम्पस प्रशासनले आयव्यय विवरण सार्वजनिक गर्न नचाहेको र विद्यार्थीहरुलाई प्रयोगात्मक परीक्षाको लागि पठाउनुपर्ने नम्बर नपठाएको कारण उनीहरुलाई थुनिएको बताए ।
त्यसक्रममा क्याम्पस परिसरमा विद्यार्थीका दुई पक्षबीच झडप हुँदा साँझ क्याम्पस परिसर तनावग्रस्त बनेको थियो । अहिले क्याम्पसको आसपासमा ठूलो संख्यामा प्रहरी परीचालन गरिएको छ । क्याम्पस प्रमुखसहित थुनिएकाहरुलाई निकाल्न विद्यार्थीसँग सरोकारवाला पक्षले वार्ता गरिरहेको प्रहरीले जनाएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो