यौन पिपासुहरुको यौन दृष्णा मेटाउने वहाना अनेक हुन्छन् । आ–आफ्नो क्षेत्रको प्रगति र विकास मात्र नभएर धनसम्पत्तिको लालच देखाएर यौन तृष्णा मेटाउनेहरुको कमी देखिँदैन । यस्तै एक शिक्षककले प्रश्नपत्र देखाउने वहाना बनाएर छुट्टै ठाउँमा बोलाएर एक विद्यालयको छात्रामाथि यौन दूव्र्यवहार गरेको घटना बाहिरिएको छ । घटना रामेछाप जिल्लाको हो ।
रामेछापको लिखुतामाकोशी गाउँपालिका–७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्कीले सोही विद्यालयमा अध्ययनरत छात्रामाथि यौन दूव्र्यवहार गरेका हुन् । कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दूव्र्यवहारको गरेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।
रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीका अनुसार पीडित छात्राले आफूमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो । प्रहरीका अनुसार अभियुक्तले गत मङ्सिर २७ गते दिउँसो विद्यालयबाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा निजमाथि यौन दुर्व्यवहार गरेका थिए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो