आजको पाठकको पुर्पुरो : वि.सं.२०८० वैशाख १३ गते (तद्अनुसार सन् २०२३ अप्रिल २६ तारिख) बुधबार

खगेन्द्र कार्की

मेष – आजको दिन स्वास्थ्य सबल रहनेछ भने व्यवसाय पनि लाभदायी रहला । भविष्यका लागि विशेष काममा जग बसाउने योग छ । भौतिक साधन जुट्नेछ । पराक्रम वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । सार्वजनिक समारोहमा अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ ।

वृष – आज अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ भने काम पूरा नहुनाले मन खिन्न रहला । स्वास्थ्य कमजोर रहने योग छ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । तर, समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने योग पनि छ । मेहनतअनुसार फाइदा कमै होला, तर साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लेनदेनमा विवाद हुन सक्छ। सावधान रहनुहोस् । विगतका समस्या बल्झिन सक्छन् । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ ।

कर्कट – आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुपर्ने समय छ । अनावश्यक दौडधुपमा समय बित्न सक्छ । ठूलो प्रयत्न गर्दा पनि आज उपलब्धि उठाउन मुस्किल पर्नेछ । कमजोर भएको अनुभूति हुनेछ । धैर्य राखे अन्ततः सबै ठिक होला । खर्च बढ्ने र दौडधुप चल्ने दिन रहेकोले सावधान रहनु हितकर होला ।

सिंह – दीगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । प्रतिस्पर्धामा विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । रमाइलो यात्राको सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । कार्यबोझ बढे पनि शुभ समाचार प्राप्त हुनेछ । आफन्तसित भेटघाट होला । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – कर्मबल बढ्नेछ । मनोकूलको काममा सफलता मिल्ने समय छ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । हासविलासमा रुचि बढ्नेछ ।

तुला – कीर्तिमानी काम गर्ने समय छ । व्यापारमा पनि फाइदा हुनेछ । तथापि, आफ्नै कमजोरीले विवादमा परिने योग छ । सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनु हितकर होला । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – समय उत्साहवर्द्धक रहला । श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । लाभ हुने काम प्रारम्भ गर्दा फलदायी हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । दायित्व र कर्मबल बढ्नेछ । आफन्तको सहयोग बढ्ला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

धनु – साझेदारीमा राम्रो फाइदा हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ । आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । आरोग्यता बढ्नेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुने समय छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । प्रतिष्पर्धीलाई पराजित गर्ने सामर्थ्य बढ्नेछ । रसरागमा रुचि बढ्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग प्राप्त होला ।

कुम्भ – समय खास अनुकुल नरहला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । रसरागको भाव वृद्धि होला ।

मीन – ब्यस्तता बढ्नेछ तर महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउन सकिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । मीठो भोजन पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया