भोजपुरको अरुण गाउँपालिकास्थित ग्रामिण भेग चरम्बीमा अस्थायी प्रहरी पोष्टको उद्घाटन

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल ((फामिने) न्युज डेक्स

इटहरी । भोजपुरको अरुण गाउँपालिकाको वडा नं. ४ चरम्बीमा एक कार्यक्रमबीच अस्थायी प्रहरी पोष्ट निर्माण गरिएको छ । सो प्रहरी पोष्टको बिहीबार गाउँपालिका अध्यक्ष शालिकराम खत्री, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे तथा प्रहरी नायव महानिरीक्षक भिम ढकालले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटनका अवसरमा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुले ग्रामिण भेगमा स्थापित सुरक्षा संयन्त्रबाट गाउँको सुरक्षाका अनेकन विषय तथा क्षेत्रमा सहज हुने भन्दै सो प्रहरी पोष्ट खडा भएकोमा खुशी व्यक्त गरेका छन् । 

खगेन्द्र कार्की
प्रतिक्रिया