इटहरी । बराहाक्षेत्र नगरपालिकामा हात्तिले कुल्चिएर आज बिहान ११ बजे एक जनाको ज्यान गएको छ । बराहाक्षेत्र नगरपालिका वडा नं. ५ सिर्मबनका वर्ष ६८ का भिम बहादुर विष्टको ज्यान गएको हो ।
बाख्रालाई घाँस काटन जाँदा चारकोसे झाडीबाट आएका हात्तिको किचाईबाट विष्टको निधन भएको र निजको पार्थीव शरिर पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
पोस्टमार्टम गरेर ल्याए पछि निजको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । मृतक विष्ट रास्ट्रिय स्वतन्त्र पार्टी बराहक्षेत्र नगर समितिका सभापति कल्याण विष्टको पिता हुन् ।
यस अघि पनि बराहक्षेत्र नगरपालिका–५ सिमरबन बस्ने धनबहादुर माझीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।
फाष्ट मिडिया नेपाल संवाददाता
२६ पुस २०८०, बिहिबार ०४:२२ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो