मेष – आजको दिन आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्ने सम्भावना छ भने खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । तथापि, विभिन्न अवसरले पछ्याउन सक्छन् । स्वास्थ्य सबल बन्नेछ झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । धनलाभको योग छ । इष्टमित्र सन्तानबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
वृष – रोकिएका काम बनी, नयाँ काम सुरु हुने समय भए पनि समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना पनि छ, सचेत रहनुहोला । व्यापारमा फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने योग छ । साथीभाइको साथ प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।
मिथुन – आजको दिन परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । राजनीतिक पहुँच भने बढ्नेछ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।
कर्कट – प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुने र मान–सम्मान मिल्ने समय छ । मंगलमय काम सम्पादन हुनेछ । काममा आफन्तको सहयोग जुट्न सक्छ । स्वास्थ्यमा चाहिँ सामान्य समस्या देखिन सक्छ । आम्दानी बढ्नेछ । खराब व्यक्तित्वको संगतले मान–सम्मानमा चोट पुग्ने योग भएकोले सावधान रहनुहोला । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।
सिंह – ब्यस्तता बढ्नेछ । परिवारजनको सहयोगले उत्साह बढाउने दिन छ । सुखद समाचारले काममा जाँगर जगाउनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । प्रतिभाको उचित कदर हुनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।
कन्या – आज यात्राबाट धनलाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । बन्धुबान्धवको सहयोग प्राप्त होला । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । पराक्रम बढ्नेछ । समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – आजको दिन त्यति शुभदायी नरहला । चिताएको काममा ढिलासुस्ती हुनेछ । सरकारी निकायबाट हुने कडिकडाउको शिकार भइने योग रहेकोले विशेष सावधानी अपनाएर कार्य गर्नुहोला । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – व्यापार-व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ, तर जीवनसाथीलाई केही पीडा हुने योग छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या रहन सक्छ । तथापि, पराक्रम वृद्धि हुनेछ । शुभ काममा आकर्षण रहला । योजना र बजेट बनाइ कार्य गर्नु हितकर होला ।
धनु – धनलाभ हुने तथा भौतिक साधनहरू जुट्ने दिन छ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने अवसर जुर्ला । नयाँ उद्योग वा विशेष काम सुरु गर्न सकिनेछ । राजनीतिक पहुँच बढ्नेछ । आर्थिक समस्या पनि समाधान हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – बन्धुबान्धवसँग असमझदारी बढ्ने योग रहे पनि आज रमाइलो भ्रमण गर्ने अवसर प्राप्त हुन सक्छ । सन्तान वा अनुयायीले पनि प्रशन्नता दिलाउनेछन् । विभिन्न अवसरले पछ्याउने समय छ । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि मुक्ति मिल्नेछ । आरोग्यबल बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ – प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्ने र कार्यमा बाधा पुग्ने समय छ । स्वास्थ्यमा बाधा, आर्थिक अभाव जस्ता समस्या देखापर्न सक्छन् । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । खर्च बढ्नुका साथै व्यापार–व्यवसायमा केही मन्दी आउने देखिन्छ । यसका बाबजुद प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्नेछ । कर्मबल बढ्नेछ भने बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागमा आकर्षण रहला ।
मीन – स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्छ । आजको दिन सवारीसाधन वा हातहतियार उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । आर्थिक समस्या समाधान हुनेछ । पारिवारिक सम्बन्ध अलिक कमजोर बन्न सक्छ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । मिठो भोजन मिल्ला । समस्याको समाधान मिल्नेछ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो