फाष्ट मिडिया नेपाल न्युज डेक्स
इटहरी । डिपिआर प्रतिबेदनको आधारमा वराहक्षेत्र नगरपालिकाको साबिकको महेन्द्रनगर र प्रकासपुर गाउँ बिकास समितिलाई स्मार्ट सिटी बनाउन सकिने रिपोेर्ट आएको छ ।
भौतिक पुर्वाआधार बिकास मन्त्रालयले स्मार्ट सिटिको संम्भव्यता अध्ययन गर्नेकालागि बजेट बिनियोजन गरेको र उक्त योजनाको लागि संघिय सरकार अन्तर्गतको सहरि बिकास तथा भवन निर्माण बिभाग संघीय आयोजना कार्यान्वयन ईकाई बिराटनगर मोरङ्ग मार्फत डिपिआर गरिएको नगरप्रमुख रमेश कार्कीले सचिवालयले जनाएको छ।
संघिय सरकारको सहरी बिकाश मन्त्रालयबाट सिनियर डिभिजन इन्जिनियर रबि रत्न शाक्य नेतृत्वको अरुण लामा, श्री राजुमान श्रेष्ठ , अनिल मिश्र र अर्जुन खत्रीको टिमले गरेको डिपिआर प्रतिबेदनको आधारका साबिक महेन्द्रनगर र प्रकासपुर गाउँ बिकास समिति हालको वराहक्षेत्र नगरपालिका वडा नं ६, ७ , ८ , ९ र १० लाई स्मार्ट सिटि बनाउन सकिने रिपोर्ट प्रस्तुत गरिएको सचिवालयले सामाजिक सञ्जालमा लेखेको छ ।
सो कार्यका लागि सिनियर डिभिजन इन्जिनियर शाक्य नेतृत्वको टोलीले नगरपालिका र ५ वटै वडा कार्यालयसंग सहकार्य गरेर १७ दिन लगाएर सर्बे , सम्भवता अध्ययन, बातावरणिण प्रभाब लगाएतका काम गरेको जनाइएको छ ।
सो टोलीले मंगलबार नगरपालिकाको कार्यालयमा डिपिआरको अन्तिम मस्यौदा प्रतिवेदन प्रस्तुत गरेको थियो । नगर प्रमुख कार्की, प्रमुख प्रशासकिय अधिकृत ऋद्बि प्रकाश सिटौला, वडा नं ६ का अध्यक्ष उद्भब पोखरेल, वडा नं ८ का अध्यक्ष रोशन खड्का, वडा नं ९ का अध्यक्ष निरञ्जन चन्द्रवशी, वडा नं १० का अध्यक्ष तेजबहादुर गुरुङ्ग, वडा नं ७ कि सदस्य अम्बिका दर्नाल, नगरपालिकाका प्राबिधिक तथा शाखा प्रमुखहरुको उपस्थितिमा उपस्तिथिमा इन्जिनियर शाक्यको टोलीले डिपिआरको अन्तिम मस्यौदा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो