पाठकको पुर्पुरो : वि.सं. २०८० श्रावण १४ गते (तद्अनुसार सन् २०२३ जुलाई ३० तारिख) आइतबार अधिक श्रावण शुक्लपक्ष द्वादशी तिथि

खगेन्द्र कार्की

मेष – जोखिम बढ्ने समय छ । आजको दिन प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । मित्रजन पनि रुष्ट हुने योग छ । आँटेको काम पूरा नहुन सक्छ । काममा विशेष होसियारी अपनाउनुहोला । यातायातका साधनबाट जोगिन आज विशेष सतर्कता अपनाउनु हितकर हुनेछ । मिठो भोजन प्राप्त होला । सृजनात्मक काममा सफलता मिल्ने देखिन्छ ।

वृष – पारिवारिक समस्या बढ्ने दिन भए पनि आयआर्जन सन्तोषजनक रहला । नसोचेको ठाउँबाट आम्दानी हुने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । रुचिका विषयमा लगानी बढाउने सकिनेछ । दौडधुप बढ्नेछ । साहसिक काममा आकर्षण रहला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । सन्तान पक्ष्नाबाट सुख प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मिथुन – मन प्रफुल्ल रहने समय छ । काममा जोश जाँगर चल्नेछ भने व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । पुराना साथीभाइ संग पनि भेट हुने योग छ । सेयरबजारका काममा पनि सफलता मिल्न सक्छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ । प्रेमबल र आरोग्यता बढ्नेछ । रसरागमा रुचि रहला ।

कर्कट – आजको दिन परिवारजनमा असमझदारी बढ्ने तथा वादविवादमा पर्ने सम्भावना रहेकोले बोली र व्यवहारमा सावधान रहनु हितकर होला । आर्थिक क्षतिको योग पनि रहेको छ । मनमा पीडाले सताउन सक्छ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन्, ध्यान राख्नुहोला । यात्रामा सफलता मिल्नेछ । बौद्धिक कर्म लाभदायी रहला ।

सिंह – कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । मानसम्मान पनि पाइएला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने योग छ । नोकरीमा भने झमेलाको सामना गनुपर्ला । मित्रजनको साथ प्राप्त होला । पारिवारिक सुखशान्ति मिल्नेछ ।

कन्या – सोचेको काम बन्नाले मन हर्षित हुनेछ । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने समय छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । मान-सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने योग छ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ ।

तुला – सामान्यतया दिन ठिकै छ । व्यस्तता बढ्नेछ । नोकरी एवम् राजनीतिमा गरेका प्रयासहरू फलदायी रहनेछन् भने कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा पनि रुचि बढ्नेछ । पारिवारिक सुख वृद्धि हुनेछ । आर्थिक काममा आकर्षण रहला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – दायित्व बढ्ने तथा पराक्रम वृद्धि हुने समय भए पनि आजको दिन सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्यमा गडबडी आउन सक्ने योग भएकोले खानपिनमा एकदमै सावधान रहनुहोला । भौतिक साधनको क्षति हुने समय छ । आज सोच्दै नसोचेको ठाउँमा धन खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गर्नुहोला । शत्रु वा प्रतिष्पर्धी परास्त हुनेछन् ।

धनु – दैनिक कामकाज सजिलै सम्पन्न हुने तथा रोकिएका कामहरु बन्ने दिन छ । काममा सहयोगी वा साथीभाइले राम्रो साथ दिनेछन् । खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिएला । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन ब्यापार ब्यवसायबाट राम्रै फाइदा हुने देखिन्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ, साथै धनलाभ पनि हुनेछ । काममा जाँगर चल्नेछ । प्रशंसकहरु बढ्नेछन् । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ । मनोकूलको काममा सफलता मिल्नेछ । दिन रमाइलो साथ बित्ने योग छ ।

कुम्भ – आयबल वृद्धि हुनेछ । बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने समय छ । आफन्तजनको सहयोग प्राप्त होला । अवसर आए पनि सोचविचार गरेर मात्र नयाँ काम सुरु गर्नु उचित होला । कतै टाढाको यात्राको सम्भावना छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्तानक पक्षबाट सुख मिल्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – कर्मबल र सामर्थ्य बढ्ने दिन भए पनि स्वास्थ्यगत कमजोरीले सताउने तथा मनमा घरायसी पीडाले डेरा जमाउन सक्छ । भौतिक साधनको क्षतिले गर्दा खर्च हुन सक्छ । आफन्तको साथ कमै मिल्नेछ । वार्तामा सफलता प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । शत्रुलाई जीत्ने सामर्थ्य बढ्ला ।


खगेन्द्र कार्की
प्रतिक्रिया