आजको पाठकको पुर्पुरो : वि.सं. २०८० ज्येष्ठ ३० गते (तद्अनुसार सन् २०२३ जुन १३ तारिख) लगंमबार आषाढ कृष्ण पक्षको दशमी तिथि

खगेन्द्र कार्की

मेष – आज अरूको फाइदाका लागि उपयोग भइने समय छ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । तथापि, सोचेको काम सफलतापूर्वक सम्पन्न हुने योग छ । नजिकका साथीभाइ टाढिन सक्छन्, सावधान रहनुहोला । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – नसोचेको ठाउँबाट धनलाभ हुने योग रहेको दिन भए पनि बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । काम बिग्रने डरले सताइरहनेछ । महत्वाकांक्षी तथा खास योजना गोप्य राख्नुहोला । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउला । विवादबाट बच्न बोली र व्यवहारमा लगाम लगाउनुहोला । मित्रजनको साथ प्राप्त हुने तथा पराक्रम बढ्ने समय छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – आजको दिन उल्लासमय रहला । धनलाभको पनि सम्भावना छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । कर्मबल वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ । रसरागमा रुचि रहला । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – भाग्यबल बढ्नेछ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वसँगको भेटघाट र ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । विशेष योजनाहरू बन्नेछन् । स्वास्थ्यको लागि मसलाजन्य खानाबाट सावधान रहनुहोला । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । यात्रा सफल रहनेछ । बौद्धिक तथा रचनात्मक काम बन्नेछन् । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । आनन्द वृद्धि होला ।

सिंह – सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहला । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । आज अनायसै धन खर्चनुपर्ने अवस्था पनि आउन सक्छ । दौडधुप बढ्नेछ । मित्रजनले साथ दिनेछन् । पारिवारिक सुखशान्ति रहनेछ ।

कन्या – प्रेमबल बढ्नेछ । सहयोगीहरूले राम्रै साथ दिने र प्रतिस्पर्धी परास्त हुने समय छ । पारिवारिक जमघटमा मन रमाउला । तथापि अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य मात्र फाइदा हुने तथा लाभांश सञ्चय नहुने योग छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – काममा लगानीको समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । मित्रजनको सहयोगले हिम्मत दिलाउनेछ । सुख वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त हुने समय छ । मिहेनत खेर नजाने या परिश्रमको लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा होला । सहयोगीहरूबाट सामान्य धोका मिल्ने सम्भावना छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ, सचेत रहनुहोला । आरोग्यता बढ्नेछ । दाम्पत्यसुख बढ्ने समय छ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – ब्यस्तता बढ्नेछ । लाभ हुने काम प्रारम्भ गर्ने र गरिएका कामको राम्रै मूल्यांकन हुने समय छ । साझेदारीमा पनि फाइदा हुनेछ । सामाजिक दायित्व बढ्नेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ, तर स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनुपर्नेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आत्मविश्वास बढ्ने र रोकिएका काम बिस्तारै बन्ने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । तर, अनावश्यक वादविवादमा परिने योग समेत रहेकोले सावधानीपूर्वक व्यवहार गर्नुहोला । आरोग्यबल बढ्नेछ । नियमकानूनले साथ दिनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – आजको दिन सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । तथापि, होसियारीसाथ काम लिनुपर्नेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि फाइदा हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । रसरागको भाव वृद्धि हुनेछ । यात्रामा सफलता प्राप्त होला ।

मीन – शुभता वृद्धि हुने तथा साहस बढ्नेछ । आजको दिन भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । चुनौतीहरू स्वतः हट्ने र आम्दानीले पछ्याउने योग छ । आफन्तको साथ भने कमै मिल्नेछ, तर आत्मविश्वासले चुनौतीको सामना गर्नुहुनेछ । समस्याको समाधान मिल्नेछ । प्रतिष्पर्धीलाई परास्त गर्ने सामर्थ्य बढ्ला ।


खगेन्द्र कार्की
प्रतिक्रिया