इटहरी । बराहाक्षेत्र नगरपालिका वडा नं. १० को प्रकाश सुनिल आधारभुत विद्यालयमा अध्ययनरत ६४ जना विद्यार्थीलाई वडाअध्यक्ष तेज गुरुङले न्यानो कपडा वितरण गरेका छन ।
हिंउदमा चिसो बढेसंगै बालबालिका, वृद्ध तथा अति अशक्त मानिसको दिन कष्टकर बन्दै गएको अवस्थामा वडाअध्यक्ष गुरुगंले आधारभुत विद्यालयका ८४ मध्ये ६४ जनालाई न्यानो कपडा वितरण गरेको भन्दै पत्रकार प्रकाश चन्द्रबंसीले पठाएको समाचार अनुसार बिहिवार कठ्यारिंदो चिसोका अर्ध शरीर कपडा अनि खालि खुट्टा आफ्नो भविष्यको खोजिमा वराहक्षेत्र १० को श्री प्रकाश सुनिल आधारभूत विद्यालय पुगेका बालविकास देखि कक्षा ५ सम्मका ८४ मध्ये ६४ जनाले न्यानोपनको महसुस गर्न पाएको विद्यालयले बताएको छ ।
विद्यालयमा ८४ जना विद्यार्थी छन तर ६४ जनाको मात्रै उपस्थित भएले ६४ जनालाई वितरण गरिएको हो र बाँकी २० जना विद्यार्थीलाई पनि न्यानो कपडा वितरन गर्ने अध्यक्ष गुरुङले बताए । २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उमेरद्वार भएर निर्वाचित गुरुङले समाजमा भएका अन्य जिम्मेवार मानिसहरुले पनि यस्ता सामाजिक कार्यमा लग्नुपर्ने बताउँछन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो