पूर्वाञ्चल एकेडेमीको विद्यार्थी स्वागत सम्मान, दीक्षान्त तथा पदस्थापन साथै विदाई कार्यक्रम सम्पन्न

दयाराम कटेल

मोरङ।। सुन्दरहरैचा ६ स्थित पूर्वाञ्चल एकेडेमीले नयाँ विद्यार्थी स्वागत सम्मान, दीक्षान्त तथा पदस्थापन साथै विदाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ। विद्यालयमा नयाँ भर्ना भई आएका १ सय २० बढी विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेको छ। 


यस्तै कक्षा नर्सरी, यल.के.जी तथा यु.के.जी अर्थात् प्री प्राइमेरी उत्रिण भई कक्षा १ अर्थात् प्राइमेरी उत्रिण भएका विद्यार्थीलाई दीक्षान्त समारोह गरिएको छ। 


यस्तै गत मङ्गलबार भएको स्कुल क्याप्टेन, खुल्ला भाइस क्याप्टेन तथा भाइस क्याप्टेन लगायतको विद्यालय प्रतिनिधिको निर्वाचनमा विजयीलाई सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम पनि सम्पन्न भएको हो। जस अन्तर्गत विद्यालय क्याप्टेनमा सविन खत्री, खुल्ला भाइस क्याप्टेनमा आशिष कार्की तथा भाइस क्याप्टेनमा महिला तर्फ अनुष्का पाण्डे विजयी भएका छन्। 

यस्तै २०८० का यस.ई.ई ब्याचका ४४ बढी विद्यार्थीलाई विदाई कार्यक्रमका साथै उज्जल भविष्यका लागि शुभकामना पनि प्रधान गरिएको छ। 


कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल दिपेन राईले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने गरेकाले हरेक विद्यालयका गतिविधिमा विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सञ्चालन गरेको बताएका छन्। उनले विद्यालयबाट उत्रिण गर्ने विद्यार्थीलाई आफू डटेर आफ्नो शैक्षिक भविष्यमा अवरात्र लागि पर्न अनुरोध गरेका छन्। उनले निकट भविष्यमा आफ्ना विद्यार्थी उच्च स्थरिय पदमा पुगेको हेर्ने अपेक्षा रहेको बताएका छन्।


उक्त कार्यक्रममा विद्यार्थीहरुले लोक सांस्कृतिक नृत्य तथा परिचयात्मक पदस्तबाट विद्यालयको परिचय दि रहेका थिए। यी विविध साँस्कृतिक शैलीमा विद्यालयमा गरिएका कार्यक्रमले पूर्वाञ्चल एकेडेमी सुन्दरहरैचामा परिचित रहेको स्थानीयहरु बताउँछन्।

दयाराम कटेल
प्रतिक्रिया