सुनसरीको इटहरीमा मानव धर्म सेवा समितिले बिराट सत्संग समारोह आयोजना गर्ने

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल

इटहरी । मानव धर्म सेवा समितिले सुनसरीको इटहरीीस्थत एक विद्यालयमा दुई दिवसीय विराट सत्संग असोज १९ र २० गते हुने भएको छ । श्री सतपालजी महाराजको उपस्थितिमा इटहरीको डिभिएम स्कुलको प्राङ्गणमा उक्त कार्यक्रम आयोजना गरिने भएको छ । 

मानव–मानव बिचको प्रेम, सद्भाव, सहिष्णुता एवं आध्यात्मिक ज्ञानको अपार शक्तिबाट व्यक्ति, समाज, देश एवं समग्र विश्वमा “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया” को प्रेरणा जागृत गराउने उद्देश्यले समारोह आयोजना गरिएको समितिका केन्द्र प्रमुख महात्मा चमेली बाइजीले बताईन्। विज्ञान र प्रविधिको उपलब्धि र उपयोगबाट संसारका मानिसले भौतिक सुखलाई प्राप्त गरे पनि अनन्त शान्ति र आनन्द प्रदान गर्न नसकेको समयमा आध्यात्मिक कार्यक्रमले त्यसमा टेवा पुग्ने समितिले विश्वास लिएको छ।  पछिल्लो समय युवावर्गमा भैरहेको मानसिक तनाव र अशान्त मनलाई सत्संगको माध्यमबाट शान्ती दिनका लागि कार्यक्रम सहयोगी हुने विश्वास समितिको ले लिएको छ।  नेपालसहित भारत, भुटान लगातयतका देशबाट हजारौँ भक्तजनको उपस्थिती समितिले जनाएको छ। 

समारोहमा आत्मानुभवी विद्धान सन्त महात्माद्वारा सत्संग प्रवचन एवं ख्याति प्राप्त कलाकारहरूबाट भक्ति सङ्गीत एवं सांस्कृतिक कार्यक्रमको प्रस्तुति समेत रहने छ। कार्यक्रम इटहरीको डि।भि।एम स्कूल प्राङ्गणमा अपरान्ह ४ बजेदेखि ८ बजे सम्म हुनेछ।


खगेन्द्र कार्की
प्रतिक्रिया