विदेशको इसारामा गरिएको परिवर्तन धर्मनिरपेक्ष इसाकरणमा फलदायी बन्दै, हिन्दुको तथ्याङ्क अस्वभाविक गिरावट

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । 

नेपालमा भएका परिवर्तन नेपाली जनताको लागि नभएर विदेशीको पक्षपोषणमा बढी फmलदायी बनेका तथ्याङ्क बाहिरिन थालेका छन् । नेपाललाई इसाईकरण गर्नकै निम्ति देशको अन्तर्राष्ट्रिय पहिचान बनेको हिन्दूराष्ट्र हटाएर धर्मनिरपेक्षता लादिएको पुनः पुष्टि भएको छ । २०७८ मा भएको जनगणनाको परिणाम सार्वजनिक भएसँगै इसाईकरणको बेग नाइजेरिया, सुडान र कम्बोडियामा भन्दा बलियो रहेको प्रमाणित भएको छ । यद्यपि तथ्याङ्क विभागले अहिलेसम्म औपचारिक रूपमा धर्मसम्बन्धी विवरण सार्वजनिक गरेको छैन । उक्त विवरण सार्वजनिक हुँदा मुलुकमा द्वन्द्व बढ्ने र माओवादीको नेतृत्वमा प्राप्त उपलब्धी गुम्ने चिन्ता सत्ता(राजनीतिका अगुवाहरूको छ ।

तथ्याङ्क विभागसम्बद्ध एक सूत्रले जनाएअनुसार यसपटकको धार्मिक तथ्याङ्क अस्वाभाविक, आश्चर्यजनक र स्तब्ध तुल्याउने प्रकारको छ । २०६८ को जनगणनामा ८१.३ प्रतिशत रहेको हिन्दु धर्मावलम्बीको सङ्ख््या घटाएर तथ्याङ्क विभागले करिब ६३ प्रतिशतमा झारिदिएको छ । त्यस्तै ९ प्रतिशत भन्दा बढी रहेको बौद्धमार्गीहरूको सङ्ख्या ६ प्रतिशतको हाराहारीमा झरेको देखाइएको छ । इस्लाम धर्मावलम्बीको सङ्ख्या ६ प्रतिशत भन्दा बढी भएको तथ्याङ्कले देखाएको छ । किराँत ३ प्रतिशत र अन्य ३ प्रतिशत देखाइएको विवरणमा इसाईहरूको सङ्ख्या भने ह्वात्तै माथि पुगेको छ ।

प्राप्त जानकारीअनुसार झण्डै १५ प्रतिशत नेपाली आफ्नो धर्म छोडेर इसाई बन्न पुगेका छन् । ज्ञातब्य छ, २०७२ मा संविधान जारी भइसकेपछि मुलुकलाई इसाईकरण गर्ने अभियानलाई तीव्रता दिइएको छ । २०६३ को परिवर्तनपछि नेपालमा वार्षिक १२ प्रतिशतका दरले इसाईकरण भएको बताइन्छ । तथ्याङ्क विभागमा सम्पर्क गर्दा जनगणनाको परिणामका विषयमा कुनै पनि कर्मचारी बोल्न चाहँदैनन् ।–घटना र विचारबाट


खगेन्द्र कार्की
प्रतिक्रिया