गएराति झण्डै ११ बजे इटहरीको पकलीमा दुर्घटना हुँदा एकै गाउँका तीन जनाको निधन, उपचारार्थ एकको अवस्था गम्भिर

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । गएराति सुनसरीको इटहरीको पकलीमा भएको दुर्घटनामा परी तीन जना युवाको ज्यान गएको छ भने एक जना अस्पतालको शैयामा मृत्युसँग लडिरहेका छन् । इटहरी इनरुवा सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ गईरहेको बिआर ७३ ई ९११७ नम्बरो बोलेरो र विपरित दिशाबाट आइरहेको को २९ प ३७१२ नं. मोटरसाइकल एकआपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो । एकै ठाउँ अर्थात इटहरी १६ जब्दीका ४ जना युवा उक्त मोटरसाइकलमा सवार थिए । तिनै मध्येका तीन जनाको निधन भएको छ भने एकजनाको विराटनगर गोल्डेन अस्पतालमा उपचार भईरहेको छ । 

सो दुर्घटनामा इटहरी–१६ का २७ वर्षीय शम्भु चौधरी, २६ वर्षीय करण चौधरी र २४ वर्षीय अनिमेष चौधरीको निधन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । 

उक्त दुर्घटनामा २ जनाको घटनास्थलमै निधन भएको छ भने एकजनाको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । मोटर साइकलमा सवार अर्का २६ वर्षीय प्रेम चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  दुर्घटनापछि पिक अप र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

एकै गाँउका ४ जना युवा दुर्घटनामा परेर तीन जनाको ज्यान गएपछि उक्त गाउँ शोकमा डुबेकोछ । 


खगेन्द्र कार्की
प्रतिक्रिया