फाष्ट मिडिया नेपाल संवाददाता
उर्लाबारी । हाफपाइन्ट किन्न सोमबार भनेर घरबाट निस्केका उर्लाबारी ७ का स्थानीयबासी गंगाबहादुर पौडेल घर फर्केनन् । संखुवासभाको अमरुवा माविका पूर्व शिक्षक समेत रहेका पौडेलको मृत शरिर मंगलबारेस्थित सामुदायिक वनमा फेला परेको छ ।
दिउँसो घर छोडेलका पौडेल साझ सम्म पनि घर नर्फिएपछि परिवारले उनको खोजतलास गरेका थिए । खोजतलासकै क्रममा परिवारले इलाका प्रहरी कार्यालय उर्लाबारीमा मानिस हराएको निवेदन दिएका थिए । खोजतलास जारी रहेकै बेला मगलबारे स्थित सालबारी सामुदयिक बनको क्षेत्रमा घाँसदाउरा गर्न गएक एक महिलाले मानिस लडिरहेको देखेपछि हल्लाखल्ला गर्दै प्रहरीलाई खबर गरेपछि पौडेलको शव फेला परेको र प्रहरी घटनास्थल पुग्दा उनको मृत शव फेला परेको मंगलबारे प्रहरी चौकीका इन्चार्ज असई हेमनारायण यादवले बताए ।
मृत पौडेल फेला परेको स्थानबाट प्रहरीले मेटाकोल ५० लेखिएको विषको बट्टा फेला पार्नुका साथै शव भएको वरीपरी सय, पाँच र रु २० का नोटहरु समेत छरिएको अवस्थामा फेला पारेको जनाएको छ ।
मृतक पौडेलले विष सेवन गरेर मृत्यु वरण गरे अथवा मृत्युको अन्य कारण भए पोष्टमार्टम रिर्पोट पश्चात निक्र्योल हुने प्रहरीले जनाएको छ । मृतक पौडेलको शव पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा राखिएको प्रहरीले जनाएको छ ।
मृतक पौडेलकी श्रीमती मायादेवी कार्की पौडेलका अनुसार श्रीमान शिक्षक पेसामा रहेर सखुवासभाको धर्मदेवी नपा ८ स्थित अमरुवा मावि मा ३६ वर्ष अध्यापन गराएर भर्खरै उमेर हद कारण अवकास प्राप्त गरेका थिए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो