मेष – कर्मबल बढ्नेछ । धन आर्जन हुने दिन छ । लामो यात्राको सोचमा हुनुहुन्छ भने प्रक्रिया अघि बढ्ने योग छ । घरपरिवार एवम् मित्रजनबाट सुख शान्ति प्राप्त होला । साहसिक काममा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
वृष – आर्थिक ब्यय हुने दिन छ । नसोचेको ठाउमा धन खर्च हुन सक्छ । अन्य काममा भने सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान भेटिएला । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – दिन शुभदायी छ । आफन्त मिलनले सुख दिनेछ । मन प्रफुल्ल रहला । दौडधुप बढे पनि फलदायी हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ । प्रतिष्पर्धीमाथि विजय प्राप्त होला ।
कर्कट – नयाँ कामका योजनाहरू बन्ने समय छ । धन आर्जन होला । प्रेमभाव वृद्धि हुनेछ । आरोग्यता वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।
सिंह – आरोग्यता बढ्नेछ । नयाँ कामका योजनाहरू बनाउँदै हुनुहुन्छ भने समय अनुकुल छ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ने समय छ । आनन्द बढ्ला । इष्टमित्रको साथ मिल्नेछ । पारिवारिक सुख शांति बढ्ला ।
कन्या – वादविवादको सामना गर्नुपर्ने समय छ, धैर्यताका साथ व्यवहार गर्नुहोला । मेसिनरी सामग्रीबाट चोटपटक लाग्न सक्छ, जोगिनका लागि विशेष प्रयत्न गर्नुहोला । आजका योजना अधुरै सक्छन् । प्रेमभाव वृद्धि हुनेछ । सन्तानको सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – मान सम्मान मिले पनि मनमा डर रहने समय छ । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । व्यस्तता वृद्धि हुनेछ । यात्रासम्बन्धी काम बन्नेछ । रसरागको भाव जागृत होला । आजको दिन योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – पराक्रम वृद्धि होला । आजको दिन मनोरञ्जनपूर्ण रहला । फुर्सदको अनुभूति होला । मनमा प्रसन्नता मिल्ने दिन छ । दाम्पत्यसुख बढ्नेछ । सुख सुविधाको बस्तु खरिद गर्ने योग छ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु – अप्रत्याशित लाभ हुने समय छ । काममा मन जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । कार्यमा सफलता प्राप्त होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – अनावश्यक झमेलामा पर्न सकिने समय भएकोले सावधानीका साथ व्यवहार गर्नु हितकर हुनेछ । आजको दिन पीडा दिनेहरु सक्रिय हुन सक्छन् । स्वास्थ्यको पनि विशेष ख्याल गर्नुहोला । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।
कुम्भ – लगानी बढ्नेछ । धन आर्जनको दृष्टिले राम्रो दिन छ । काममा सफलता मिल्ला । कुनै पनि बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोत बर्द्धक काममा सफलता पाउनुसंगै ईष्टमित्र र सन्तानबाट सुख मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।
मीन – आयबल र साहस वृद्धि हुनेछ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुनेछ । आफन्तको साथ भने कमै मिल्नेछ । मिठो भोजन प्राप्त होला । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । राम्रो कमाइका कारण सुख मिल्नेछ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो