मेष – विछोडिएका परिवारजनसँग भेटघाट हुने दिन छ । विगतका कमी–कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नु हितकर हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । आरोग्य बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । खेलकूद तथा भ्रमणमा आकर्षण बढ्नेछ । अनुकूलता वृद्धि हुनेछ । रोकिएको काम पूरा होला ।
वृष – रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ भने अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । व्यवसायमा थप लगानी बढाउन चाहे अघि बढ्दा हुन्छ । प्रतिस्पर्धीहरूले हार खानेछन्, सहयोगीहरूले राम्रो साथ दिनेछन् । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मिथुन – मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिने योग रहेकोले बुद्धि-विवेकको प्रयोगमा जोड दिनु हितकर होला । रचनात्मक कार्यले फाइदा दिलाउनेछ । आँट साहस पराक्रम बढ्नेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त होला ।
कर्कट – सरसापटमा धन खर्च हुने समय छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । स्वास्थ्य सामान्य तवरले कमजोर रहला । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । तर, साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला । पारिवारिक सुख मिल्नेछ ।
सिंह – ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुनेछ । समयलाई पछ्याउन सकस पर्ने देखिन्छ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । मित्रजनको साथ मिल्नेछ । रचनात्मक कार्यमा सफलता मिल्नेछ ।
कन्या – आजको दिन परिस्थिति अलिक प्रतिकूल रहेपनि सहयोगीहरूले काममा साथ दिनेछन् । जोखिम बढ्नेछ तर विगतको श्रमबाट धन लाभ होला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । बिछोडिएका आफन्तसँग भेटघाट हुने योग छ । सन्तानपक्षबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
तुला – परिस्थितिसँग केही सम्झौता गर्नु पर्ने देखिन्छ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने अवसर जुर्न सक्छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । साझेदारीको काम बन्नेछ । दाम्पत्य सुख र आरोग्यता बढ्नेछ ।
वृश्चिक – टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । तर लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । प्रेमभाव बढ्नेछ । शुभ काममा आकर्षण बढ्ला । खर्च सामान्य वृद्धि होला ।
धनु – आजको दिन आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । आरोग्यता र प्रेमभाव बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
मकर – कार्यव्यस्तता बढ्ने समय भएपनि प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ । पठन–पाठनमा प्रगति होला । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्न सक्छ । खर्च वृद्धि हुनेछ । आरोग्यता रहला । कर्मबल बढ्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । शत्रुपक्ष परास्त हुनेछ ।
कुम्भ – रचनात्मक काम सुरु गर्ने समय छ । तर, अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुऱ्याउनुहोला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत हुन सक्छन् । साथीभाइको सहयोग प्राप्त हुनेछ । पराक्रम बढ्नेछ । आरोग्यता रहला ।
मीन – दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने समय भएपनि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । स्वास्थ्य कमजोर रहला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुने योग छ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
फामिने ज्योतिष
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो