भोजपुर । जोखिम बढ्दै गएपछि भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक श्रमदानबाटै स्थानीयको सक्रियता बन्न सुरु भएको छ । स्थानीय युवाहरुको सक्रियतामा श्रम शिविरका माध्यमबाट सो स्थानमा मर्मतको काम सुरु भएको भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बताईन । विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट, गिट्टी, बालुवा प्रयोग गरेर बिग्रिउएको सडक युवाहरुको सक्रियतामा बन्न थालेको उपप्रमुख शेर्पाको जानकारी दिईन् ।
बजार क्षेत्रको सडक बिग्रँदा दुर्घटना जोखिम बढेको ठाउँलाई जोखिममुक्त गराउन म आफैले व्यक्तिगत सहयोग दिएर युवाहरुको अभियानमा हात दिएको उपप्रमुख शेर्पाले बताईन् ।
उपप्रमुख नै लागेर काम हुँदै गरेको भए पनि दैनिक स्थानीय भोग्नु परेको सास्तीलाई नगरपालिकाले वास्ता नगरेकोले भत्किएको ठाउँमा ढलान गरिएको राष्ट्रिय युवा सङ्घ भोजपुर नगर कमिटी अध्यक्ष दिपेन दर्लानको आरोप छ । मुख्य बजारमा सडक बिग्रेका कारण दुर्घटनाको जोखिम बढेकाले युवाको अगुवाइमा सडक मर्मत गरिएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष शरणकुमार राईले बताउँछन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो