सुनसरी । रङ्गहरुको एकअर्कामा लगाए पछि सवै रिसराग हटेर मेलमिलाप कामय रहने मान्यता रहेको होली पर्वको अवसरमा झुम्कामा भव्यरुपमा होली हंगामा कार्यक्रम सम्पन्न भएको छ ।
कलाकारहरुको हकअधिकारको क्षेत्रमा काम गर्दै आएको राष्ट्रिय थारु कलाकार मञ्चको आयोजनामा भएको होली हंगामा कार्यक्रममा गायीका सुमिता सरदार, गायक आरके थारु, पर्वलदिप विस्वासले विभिन्न होली विशेष गीत गाएर दर्शकलाई मनोरञ्जन गराएका थिए। साथै स्थानिय कलाकारहरुले होली विषेस गीतमा नृत्य गरेर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
रामधुनी नगरपालीका भित्र साङ्गीतिक तथा कला क्षेत्रमा लागेका धेरै कलाकारहरु रहेको र उनिहरूले आफ्नो कला प्रस्तुत गर्न अवसर नपाईरहेको अवस्थामा यो कार्यक्रम एउटा कला प्रस्तुत गर्ने अवसर रहेको साथै रामधुनीवासीहरुलाई होलीको रौनकमा होली हंगामा कार्यक्रम गरेको राष्ट्रिय थारु कलाकार मञ्चका अध्यक्ष जनक चौधरीले जानकारी दिएका छन् ।
त्यसै गरी होली पर्वको अवसरमा कुलदेवतालाई पुवारोटी, विभिन्न किसिमको परिकार पकाएर फुलपान प्रसाद कोला, लड्डु चडाएर आफ्नो कुल देवतालाई खुसी पारी आफन्तजन तथा मित्रजनमा अविर रङ्गको होली खेली रिसराग हटाएर असल मित्रता कायम राख्दै आएको थारुकल्याणकारी सुनसरीको उपाध्यक्ष जानकी चौधरीले जानकारी दिएकी छन्।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो