मेष – आजको दिन केही चुनौतीपूर्ण महसूस हुनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि चिसोपन पैदा हुने योग छ । तथापि, खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । शत्रुपक्ष परास्त हुनेछ । मिठो भोजन र मित्रजनको सहयोग प्राप्त हुनेछ ।
वृष – पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । विशेष सभा–समारोहमा भाग लिने अवसर जुर्ला । नयाँ कामको सुरुवात भने आज खासै राम्रो छैन । काममा हैरानी बढ्न सक्छ । आरोग्यता रहनेछ । यात्रापरक काम बन्नेछ ।
मिथुन – व्यस्तता बढ्ने दिन छ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहला । पढाइलेखाइमा पनि प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – आजको दिन सरसफाइ, वागबगैंचासम्बन्धी काममा आकर्षित होइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । आय वृद्धि हुनेछ । मनोकूलको काम बन्ने समय छ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – विरोधिपक्ष सक्रिय रहन सक्ने समय भएकोले एकदमै सावधान रहनुहोला । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ । कृषि तथा पशुपालनले सन्तोष नदिएपनि व्यापारमा राम्रै फाइदा हुने योग छ । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – लगनशीलताले राम्रै उपलब्धि दिलाउने दिन छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पन्छिनेछन् भने रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिनु हितकर होला । सन्तानपक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ ।
तुला – लगानी वृद्धि हुनेछ सोअनुसार उन्नति पदोन्नति हुने समय छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाइएला । विलासी काममा आकर्षण बढ्नेछ ।
वृश्चिक – यशवर्चश्व वृद्धि हुनेछ । व्यवसायका लागि यात्रा हुने सम्भावना छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । धन आर्जनको योग छ । दाम्पत्य जीवन सुखद रहला । धार्मिक कर्ममा आकर्षण बढ्नेछ । आरोग्यता रहनेछ । सुख–सुविधाको वस्तु खरिदमा खर्च हुन सक्छ । शत्रुलाई परास्त गर्ने क्षमता वृद्धि हुनेछ ।
धनु – उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । तर, सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । आजको दिन स्वास्थ्यप्रति विशेष ध्यान राख्नु हितकर हुनेछ । खेलकुद एवम् भ्रमणजस्ता कार्यमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । प्रेमभाव बढ्नेछ ।
मकर – भाग्यबल बढ्नेछ । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । आरोग्यता रहनेछ । कर्मबलको साथै व्यस्तता वृद्धि हुनेछ । नियमकानूनले साथ दिनेछ । दायित्वm पूरा गर्नुहुनेछ । यात्रा सफल होला ।
कुम्भ – आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योगसमेत देखिन्छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । पढाइमा प्रगति होला । बढी मिहिनेतले काममा सफलता प्राप्त हुनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ ।
मीन – विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला । चिताएको काम बन्ने देखिन्छ । गुरुजनको विशेष सहयोग जुट्नेछ । दाम्पत्यसुख र आरोग्यता बढ्नेछ । रोकिएको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ ।
फामिने ज्योतिष
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो