फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । बराहक्षेत्र नगरपालिका अन्तर्गतको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी निरक्षक राजेश दत्ता बिदा भएका छन् भने रामप्रसाद तिमल्सिना हाजिर भएका छन् । एक कार्यक्रमबीच दुवै जनालाई आइतबार स्वागत, सम्मान तथा बिदाई गरिएको थियो ।
इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा भ्रष्टाचारीहरुको अनुसन्धान गर्दा गर्दै सरुवा भएर तिमल्सिना बराहक्षेत्र महेन्द्र नगर पुगेका हुन् । यसैगरी प्रहरी निरीक्षक दत्ता भने वागमती प्रदेशको ललितपुरस्थित प्रहरी वृत सातदोबाटोमा सरुवा भएका छन् ।
कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक तिम्सिनाले जनतालाई बराहक्षेत्रमा प्रहरी प्रशासन छ है भन्ने अनुभूति गराउने गरी यस ठाउँको शान्ति सरक्षामा जिम्मेवार भएर कडाईका साथ अगाडि बढ्ने बताए । बिदाई भएका प्रहरी निरिक्षक दत्ताले बराहक्षेत्रमा अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापनलागयत विभिन्न क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो