पूर्वाञ्चल एकेडेमीले स्वागत गर्यो १ सय २० बढी विद्यार्थी

दयाराम कटेल

सुन्दरहरैचा ६ स्थित पूर्वाञ्चल एकेडेमीले नयाँ विद्यार्थी स्वागत सम्मान, दीक्षान्त तथा पदस्थापन साथै विदाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ। विद्यालयमा नयाँ भर्ना भई आएका करिब १ सय ५० विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेको छ। 


कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल दिपेन राईले यस्ता कार्यक्रमले विद्यार्थीलाई हौसला प्रदान गर्ने गरेकाले विद्यालयका हरेक गतिविधिमा विद्यार्थीहरुको सहभागितामा आयोजना गरेको बताएका छन्। उनले विद्यार्थीहरु जुन हिसाबबाट विद्यालयमा भर्ना भएका छन त्यै अनुरूपको सेवा सुविधा तथा विद्यार्थीहरुका आवश्यक पर्ने विषयमा जानकार रहँदै प्राथमिकता अनुरुप व्यवस्थापनमा ध्यान दिँदै उज्जल भविष्यका लागि सधैं पूर्वाञ्चल तयार रहेको बताएका छन्।


उक्त स्वागत कार्यक्रममा विद्यार्थीहरुलाई स्वागत गर्दै अभिभावकलाई पनि सम्मान गरिएको थियो।

दयाराम कटेल
प्रतिक्रिया