श्रेष्ठको नेतृत्वमा चक्रघट्टी जेसीज, ११ औं शाखा अधिवेशन सम्पन्न

खगेन्द्र कार्की

चक्रघट्टी (सुनसरी) । सुनसरीको वराहक्षेत्रमा रहेको चक्रघट्टि जेसीजको नेतृत्व सुरेन्द्र श्रेष्ठले पाएका छन् । चक्रघट्टी जेसीजको ११ औँ शाखा अधिवेशनबाट वर्ष २०२४ का लागि श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् । सो अधिवेशनबाट कार्यकारी वरिष्ठ उपाध्यक्षमा महेश घिमिरे (सुरज) चयन भए भने कार्यकारिणी उपाध्यक्षमा मौसम न्यौपाने र सरण कुमार लिम्बु चयन भए । उपाध्यक्षमा उत्सव सुवेदी, गौरव सापकोटा, सुवास सुवेदी र प्रेमबहादुर बस्नेत चयन भएको चक्रघट्टी जेसीजले जनाएको छ । 

त्यस्तै अधिवेशनले जनसम्पर्क अधिकारीमा ज्ञान राजधामी, कानुनी सल्लाहकारमा नोना ढुङ्गेल, तालिम संयोजकमा अश्बन यादव, प्रकरण निर्देशकमा अर्जुन तामाङ (शिशिर) चयन भएका छन् ।महासचिव रमेश बस्नेत, कोषाध्यक्ष धनराज कार्कीलाई जेसीजको विधान अनुसार मनोनीत गरिएको छ । 

खगेन्द्र कार्की
प्रतिक्रिया