फाष्ट मिडिया नेपाल न्युज डेक्स
इटहरी । धरानमा सञ्चालित हर्क साम्पाङ खानेपानी श्रमशिविरका लागि युकेबाट १० लाख बढी रकम सहयोग प्राप्त भएको छ । युकेका विभिन्न सहरमा हर्क साम्पाङको खानेपानीि अभियानलाई सहयोगार्थ सांगीतिक कार्यक्रम गरेर संकलन भएको रकम १० लाख ४७ हजार ५ सय २४ रुपैयाँ एक कार्यक्रमबीच हर्क साम्पाङलाई हस्तान्तरण गरिएको हो ।
नेपाली कलाकार सुनिता लिम्बु थेबेको नेतृत्वमा उक्त सांगीतिक कार्यक्रम गरेर रकम संकलन भएको थियो ।
युकेको बिभिन्न सहरमा आयोजित ूहर्क साम्पाङ्ग (धरान खानेपानी आयोजना सहयोगार्थ ूसाङ्गितिक कार्यक्रमबाट संकलित १० लाख ४७ हजार ५ सय २४ रुपौया हस्तान्तरण गरिएको हो ।
श्रमदान जुटाएर ४२ किमी टाढा कोकाहा खोलाबाट धरान सहरमा खानेपानी खसालि सकेका छन् । पिउने पानीको चरम संकट भोगिरहेका ३० हजार धराने जनता लाभान्वित हुने गरी खसालिएको उक्त पानीका कारण यतिखेर साम्पाङको प्रशंसा चुलिएको छ । उनको प्रशंसामा अरु त सबैले दिएकै छन् चलचित्रको पर्दामा नायक÷नायिकाको भूमिकामा रहेका प्रायः धेरैले हर्क साम्पाङलाई असली हिरोको संज्ञासमेत दिएको छन ।
४२ किमी टाढाको कोकाहा खोलाबाट पानी धरान खसालेका थिए । यो पानीले चरम पानी संकट खेपिरहेको धरानका ३० हजार जनसंख्या लाभान्वित हुने जनाइएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो