बराहक्षेत्र चक्रघट्टीमा ड्रेन निर्माणमा चित्त नबुझेर स्थानीय अनसनमा

फाष्ट मिडिया नेपाल संवाददाता

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका विवादमा तानिएको छ । खास गरेर बराहक्षेत्र नगरको स्तरोन्नति र विकास गर्ने क्रममा गरिएको कामहरुको प्रक्रिया, पद्दतिमा एकरुपता भएन भन्नेमा बराहक्षेत्र विवादमा तानिएको हो । 

चक्रघट्टी बजारको सौन्दर्यकरण बढाउने क्रममा निर्माणाधिन ड्रेनले बराहक्षेत्र नगरपालिका विवादमा तानिएको हो । वडा नं। ६ स्थित महेन्द्र गेटदेखि बसपार्कसम्मको ड्रेन निर्माण गर्ने कार्यको विषयमा  चित्त नबुझेर स्थानीयबासीहरु मंगलबार अनसन बसे । उनीहरुको माग थियो ड्रेन निर्माण गर्दा किन एकरुपता बनाइएन । कतै ६५ त कतै ८५ फुट किन गरियो भन्ने उनीहरुको मूल प्रश्न छ । मापदण्डमा एकरुपता ल्याउदा हुने क्षति व्यहोर्न सकिने तर पक्षपातपूर्ण तौतरिकाले गरिएका काममा क्षति हुन नदिने ठम्याईका कारण अनसन बसेको बताउँछन् । 

यद्यपि उनीहरुले ब्यानरमा भने अत्याचार विरुद्धको अनसन भनेर लेखेका छन् । र उक्त ड्रेन निर्माणमा पक्षपत हुनुले पनि अत्याचार भएको उनीहरुको बुझाई रहेको छ । 

त्यसो त उनीहरु यतिकै चुप नलाग्ने भएका छन् । चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी आन्दोलनरत पक्ष (अनसनकारी)को रहेको छ । करिब ६ सय मिटर सडक मर्मत गरिदा ६ ठाउँ मापदण्ड फरक फरक बनाएको आरोप उनीहरुको छ । 

नगरपालिकाका मेयर रमेश कार्कीको घर भएको स्थानमा ६३ फुट कायम गरिएको आरोप उनीहरुको छ । तर मेयर कार्की यसलाई अस्वीकार गर्छन भन्छन– महेन्द्र गेट देखि मुनाल चौक सम्म सडक अतिक्रमण भएको बताउँदै मेयर कार्कीले ती सबै घरहरू हटाउन पटक पटक सूचना समेत प्रकाशन गरेको हो । उनले मापदण्डभित्र आफ्नो घर परेको छ भने सुरुमा आफ्नै घर भत्काएर सडक मर्मत गर्ने पनि भनेका छन् ।

त्यसो त २ सय मिटर पर नपुग्दै ८२ हुँदै र चक्रघट्टी बसपार्क सम्म पुग्दा ६ वटा मापदण्ड तयार पारेर काम अघि बढाइएको आन्दोलनरत पक्षको ठम्याई छ । आन्दोलनमा उत्रिएका स्थानीयका अनुसार कुनै ठाउँ ६३, कुनै ६५, कुनै ८०, ८१, ८३ र ८५ फुट कायम गरेर मनपरिढंगले सडक बनाउन लागिएको आरोप उनीहरुको छ ।

सबै स्थानमा सडक बनाउँदा एकै मापदण्ड कायम हुनुपर्ने आफूहरूको माग रहेको बताउँछन् । नगरपालिकाको निर्णयले स्थानीयहरू मार्कामा परेको भन्दै  विगत ३ दिन देखि अनसन जारी छ  । आफूहरूको माग पुरा नभए सशक्त आन्दोलन चर्काउने स्थानीयहरूले चेतावनी दिएका छन् । सडक मापदण्ड सबै ठाउँ एकै नाशको हुनुपर्ने , सबैतिर एउटै मापदण्ड लागु गरिनुपर्ने , सडक बनाउँदा नालाको मापदण्ड सार्वजनिक गरिनुपर्ने र अन्यायपूर्वक बनाइएको नियम तत्काल फिर्ता हुनुपर्ने माग राख्दै अनसन सुरु गरेका छन् ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया