बिरामीको सेवाका लागि चलाइएका एम्बुलेन्समा ठूलो परिणाममा गाँजा तस्करी

खगेन्द्र कार्की

इटहरी  । पछिल्लो समयमा नेपाल सरकारबाट भारी राजश्व छुटमा बिरामीको सेवाका लागि ल्याइएका एम्बेलेन्स चालकको बदमासीका कारण बदनाम हुँदै गईरहेका छन् । चालकहरुले एम्बुलेन्सको दुरुपयोग गरेर अवैध सामान ओसारपसारमा प्रयोगमा ल्याउने गरेकाले त्यस क्षेत्रका बिरामीलाई असर त प¥र्यो नै जसले एम्बुलेन्सलेन्स सञ्चालनमा ल्याएको त्यो संस्था पनि बदनाममात्र भएन दुःख, सास्ती र मुक्त हुन झन्झटिला प्रक्रियामा फसेर संस्थाको कामकारवाही नै अवरुद्ध बनाउनुपर्ने अवस्था आएको छ । यस्तै भएको छ धार्मिक पर्यटकीय स्थल हरिद्धार चतरामा । 

इलाका प्रहरी कार्यालय, चतराले एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। वरिष्ठ सई टीकाराम खत्रीको टोलीले मे१च ५१९ नम्बरको एम्बुलेन्समा गाजा लोड गरिररहेको अवस्थामा बरामद गरेको हो। ९ वटा बोरामा रहेको गाँजा करिब ४५० किलो छ।

साथमा, मोबाइल १, गाडीको हावा भरेको ट्युब ३, हावा नभरेको ट्युब ३ थान, लाइफ ज्याकेट २, डोको २, ओछ्याउने फोम थान २ र एउटा खुकुरी पनि बरामद भएको वरिष्ठ हवल्दार प्रकाश रेग्मीले जानकारी दिए।

प्रहरी सहायक हवल्दार रमणकुमार दनुवारका अनुसार आज राति २ बजेर ४५ मिनटमा शंकास्पद अवस्थामा एम्बुलेन्स जाँच गर्दा लागूपदार्थ लोड गरिरहेको भेटिएको हो।

बरामत गाँजा र एम्बुलेन्स इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टीलाई आवश्यक कारवाही लागि बुझाइएको वरिष्ठ हवल्दार रेग्मीले जानकारी दिए। सशस्त्र प्रहरी बेस क्याम्प चतराका निरीक्षक डिकबहादुर गोलेको नेतृत्वमा रहेको टोलीले पनि उक्त गाँजा बरामद गर्न सहयोगी भूमिका वहन गरेको थियो।


खगेन्द्र कार्की
प्रतिक्रिया