धनकुटा । धनकुटा नगरपालिका वडा नं. ७ का नेपाली कांग्रेसका वडा सभापती तथा यूवा समाजसेवी व्यावसायी शैलेसमान श्रेष्ठको ममतामयी माता समाजसेवी तथा कांग्रेसका अभिभावक कुसुम श्रेष्ठको निधन भएको छ । स्व. श्रेष्ठको आजै धनकुटाका विश्रान्ती मन्दिर स्थित तमोर नदीमा श्रद्धाञ्जलीसहित अन्त्यष्टि समेत गरिएको छ ।
वडा सभापती श्रेष्ठका आमा समाजसेवी स्वर्गीय कुसुम श्रेष्ठ प्रती श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई, सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य तथा वडा नं. ७ का वडाध्यक्ष रोशेष श्रेष्ठ, क्षेत्रिय उपसभापती तथा वडा नं. ६ का वडाध्यक्ष मिलन खड्गी, , धनकुटा नगर सभापती नरेश श्रेष्ठ, वड नं. ५ का वडाध्यक्ष धन कुमार राई, नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरी लम्जेल, वडा नं. ७ का उपसभापती कुमार श्रेष्ठ, सचिव उर्गेन शाक्य लगायतका नेतागण, आफन्तजन तथा मलामीजनहरुले सम्मान व्यक्त गरेका थिए ।
छोरा कांग्रेस वडा सभापती शैलेसमान श्रेष्ठले दागवती दिएपछी स्वर्गीय समाजसेवी कुसुम श्रेष्ठको बिधि पूर्वक तमोर नदीमा अन्त्यष्टी गरिएको थियो । समाज सेवी तथा धनकुटा कांग्रेसका अभिभावक श्रेष्ठको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।
८१ बर्षको उमेरमा हृदयघात भई निधन भएकी स्वर्गीय कुसुम श्रेष्ठको श्रीमान गणेशमान श्रेष्ठ, छोरा कांग्रेस वडा सभापती शैलेसमान श्रेष्ठ, बुहारी रजनी श्रेष्ठ, छोरी शैलता श्रेष्ठ र नाती तथा नातीनहरु छन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो