काजल मेहता, सुनसरी।। इनरुवा नगरपालिकाले अशक्त र ज्येष्ठ नागरिकलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ।
वडा कार्यालय सम्म जान नसक्ने लाभग्राहीहरूको घरैमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको इनरुवा नगरपालिकका उपाध्यक्ष बिनिता कुमारी मेहताले जानकारी दिएकी छन्। आफ्नै घरमा बसिबसि सामाजिक सुरक्षा भत्ता पाएपछि इनरुवा नगरपालिका बवियाकी सहदिना खातुनले भनिन् "अब भने बल्ल सिंहदरबारको अधिकार आफ्नै गाउँमा आएकाे र आफुले पनि प्रतक्क्ष रुपमा महसुस गर्न पाए।"
नगरपालिकाले टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेपछि लाभग्राहीलाई राहत भएको ज्येष्ठ नागरिक खातुनले बताइन । नगरपालिकाले अशक्तलाई सजिलो होस् भन्ने उद्देश्यसहित चालु आर्थिक वर्षको दोस्रो चौमासिक अन्तर्गतका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, असहाय तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरू लगायतका लाभग्राहीलाई वडा तथा घरमा पुगेर भत्ता वितरण गर्न सुरु गरेको इनरुवा नगरपालिकाका वडा नं ६ वडाध्यक्ष सुमन थापाले जानकारी दिए।
सामाजिक सुरक्षा भत्ताका लागि असहाय तथा ज्येष्ठ नागरिकहरू बैङ्कसम्म पुग्न हैरानी खेप्नुपरेको भन्दै नगरपालिकाले बैङ्कसँग समन्वय गरी अशक्त व्यक्तिहरुकाे लागि वडा, गाउँ र टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको नगरपालिकाका उपाध्यक्ष बिनिता कुमारी मेहताले जानकारी दिएकी छन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो