घुम्ति शिविरबाट अरुण गाउँपालिकामा बाँड्यो सामाजिक सुरक्षा भत्ता

फाष्ट मिडिया नेपाल संवाददाता

फाष्ट मिडिया नेपाल संवाददाता

प्याउली (भोजपुर) । अरुण गाउँपालिकाका ७ वटै वडामा घुम्ति शिविरबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । अरुण गाउँपालिका वडा नं. ४ वडा अध्यक्ष जंग बहादुर राईले दिएको जानकारी अनुसार सो गाउँपालिकाबासीको सहजताको निम्ति आर्थिक वर्ष ०८०÷०८१ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भक्ता सबै वडा कार्यालयबाटै वितरण गरिएको हो । 

अरुण गाउँपालिकाको आयोजना तथा प्रभु बैंक प्याउली शाखाको समन्यमा वितरण सो भक्ता वितरणबाट ९ सय २० जना असशक्त तथा ज्येष्ठ नागरिकहरुले भक्ता बmुभेको वडाअध्यक्ष राईले बताए । सो अभियानमा गाउँपालिका अध्यक्ष शालिकराम खत्री, उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत मणीराम खतिवडा, सातवटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु, कर्मचारी, वडा सदस्यहरु, बैंकका कर्मचारीहरु, सातै वडाका सचिव, प्याउली, याकु, जरायोटारका प्रहरी चौकीका सुरक्षाकर्मी, चरम्बीका अस्थायी प्रहरी पोष्टका सुरक्षाकर्मीलगायत स्थानीय बुद्धिजीवि, राजनीतिक दल, समाजसेवी र स्थानीयबासीको सहभागितामा सो भक्ता वितरण गरिएको राईले बताए । राईका अनुसार केही अपाङ्गता भएका र अशक्त अवस्थामा रहेका लाभग्राहीहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको थियो ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया