केराबारी। मोरङको केराबारी गाउँपालिका अन्र्तगतको मदन भण्डारी राष्ट्रिय लोकमार्गमा पर्ने सडक तथा नालाभित्रका संरचना नहटाउँदा शुक्रबारे चोक डुबानमा परेको छ ।
पटक पटक गाउँपालिकाले ताकेता गर्दा पनि उक्र लोकमार्गमा रहेका सडक तथा नालाका पोलहरु नहटाइदिँदा वडानं. ३, ८ र १० को संमगस्थल शुक्रबारे डुबान परेको गाउँपालिका प्रवक्ता नारायण भुजेलले बताए । भुजेलका अनुसार सडक तथा नाला भित्र परेका पोलहरु पटक–पटक तागेता गर्दा समेत सडक आयोजना र प्राधिकरणले नहटाएको कारण आज राती आएको वर्षाले बाटो र बस्ती सङ्कटमा रहेको छ। भुजेलका अनुसार नाला भित्र परेका पोलमा भेल ठोक्कीएर घर बस्तीमा बाढी पसी केही घरहरू प्रभावित भएका छन्। जतिखेर पनि तार सहितको पोल ढल्न सक्छ र थप क्षतिको सन्निकट अवस्था हुँदा समेत मदन भण्डारी सडक आयोजना ,विद्युत प्राधिकरण बेलबारी लगायत सरोकारवाला सबैले तत्कालै समाधान नगरे मनसून झरी निरन्तर छ, यसबाट हुनसक्ने क्षति गम्भीर बन्न सक्ने चेतावनी समेत भुजेलले दिएका छन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो