पाठकको पुर्पुरो : वि.सं. २०८० आषाढ २८ गते ( तद्अनुसार सन् २०२३ जुलाई १३ तारिख) बिहीबार शुद्ध श्रावणकृष्णपक्ष एकादशी तिथि

खगेन्द्र कार्की

मेष – आफन्त, परिवारजनमा आत्मीयभाव बढ्ने समय छ । साथीभाइको सहयोग प्राप्त होला, साथै धनलाभको पनि योग रहेको छ । प्रतिस्पर्धामा भने केही कमजोर सावित भइएला । व्यापार-व्यवसायमा लगानी बढाउन सकिनेछ । कामविशेषले गरिने यात्रा सफल रहनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

वृष – आजको दिन आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा होला । परिवारजनका आवश्यकता पूरा हुनाले मन प्रशन्न हुनेछ । साथै पढाइमा पनि केहि प्रगती हुने दिन रहेको छ । धनलाभको योग छ । भौतिक साधनहरू जुट्नेछन् । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ ।

मिथुन – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । कामको सिलसिलामा स्थानान्तरण तथा यात्राको सम्भावना छ । साझेदारीको काममा राम्रो फाइदा हुनेछ । तपाईंको कर्मको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा प्रगतिको समय छ । बन्धुबान्धवसँग असमझदारी बढ्ने योग रहेकोले सावधान रहनु हितकर होला । रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ ।

कर्कट – आज प्रतिस्पर्धीहरूले तपाईंको स्थान ओगट्न सक्ने सम्भावना छ । आर्थिक कारोवार अति आवश्यक अवस्थामा बाहेक नगर्नु नै उचित हुनेछ । विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ, तर खर्च भने निकै बढ्न सक्छ । सचेतनापूर्वक व्यवहार गर्नुहोला । मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुने समय भए पनि बाध्यताको अवस्थाले अप्ठ्यारोमा पार्न सक्छ । अस्वस्थताको महसूस होला, तथापि कामको दायित्व भने बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन् । चोटपटक लाग्ने योग रहेकोले सवारीसाधनको प्रयोग तथा हातहतियार चलाउँदा विशेष सतर्कता अपनाउनुहोला । कर्मबल बढ्नेछ ।

कन्या – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । मन प्रसन्न रहनेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । व्यवहारिक कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ, सावधान रहनुहोला । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – प्रतिभाको उच्च मूल्यांकन हुने समय छ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा होला । आँटेको काममा सफलता मिल्नेछ, तर समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न पनि सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । काममा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – काम गर्ने जोश-जाँगरमा कमी आएको अनुभूति होला । जिम्मेवारी भने बढिरहनेछन् । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । अन्धविश्वासको भरमा काम नगरेकै हितकर होला । धार्मिक काममा बाधा सृजना हुन सक्छ । आजको दिन भ्रमण भने मनोरञ्जक हुनेछ । कर्ममा सफल साबित हुनुहुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – मानसम्मानका साथमा आम्दानी बढ्ने समय छ । तर, व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । जीवनसाथीको सहयोग मिल्ला । सामाजिक मानसम्मान प्राप्त हुने योग छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट होला । दायित्व बढ्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनु हुनेछ । मित्रजनको सहयोग समर्थन प्राप्ति हुनेछ ।

मकर – आजको दिन उत्साहवर्द्धक समाचार सुन्न पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु जरुरी छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । प्रेमभाव बढ्नेछ । आरोग्यता बढ्नेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । स्थायी सम्पत्ति बढाउन सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । व्यस्तता बढ्नेछ । प्रयासरत काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ ।

मीन – पराक्रम बढ्नेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ, सावधान रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया