जाजरकोट र पश्चिम रुकुमलाई अरुण गाउँपालिका भोजपुरको पचास/पचास हजार सहयोग

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । पश्चिमलाई पर्दा पूर्वलाई दुख्छ र पूर्वलाई पर्दा पश्चिमलाई दुख्छ यहि नै नेपाली नेपाली बीचको सद्भावको संगम । जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार गएको विनासकारी भुकम्पबाट ठूलो जनधनको क्षति भएको छ ।

मानविय क्षति दैवको लिलामाथि कसैले केही गर्न नसकेपनि भौतिक क्षतिलाई माथि उठाउन देश नै जागेको बेलामा भोजपुरको अरुण गाउँपालिका जसको सामथ्र्य सानो हुँदा हुँदै पनि ठूलो मन बनाएर भुकम्प पीडितलाई दुई जिल्लाका लागि ५०/५० हजार आर्थिक सहयोग गरेको छ ।

भोजपुरको अरुण गाउँपालिकाले सो रकम स्थानीय विपद् व्यवस्थापन कोषबाट दिने भएको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले बताए ।  प्राकृतीक विपद्को सामना गरीरहेका उनीहरुलाई गाउँपालिकाको तर्फबाट सहयोग स्वरुप नगद आर्थिक सहयोग गरेको अध्यक्ष खत्रीको भनाई रहेको सचिवालयले जनाएको छ ।

जाजरकोटको रामीडाडाँ केन्द्रविन्दु बनाई कार्तिक १७ गते राती ११ः४७ बजे गएको ६ दशमलव ४ रेक्टर स्केलको भुकम्पका कारण ती दुई जिल्ला तहसनहस बनेका छन् । अरबौंको क्षति भएको छ भने २ सय ५० बढीको ज्यान गईसकेको छ । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया