दुहवीका मेयर गच्छदारले जनताका लागि गरेको हिम्मतिला काम निडरताका साथ सम्पन्न गरेको भन्दै स्थानीयबासीबाट सम्मानित

फाष्ट मिडिया नेपाल संवाददाता
दुहवी । सुनसरीको दुहवी नगरपालिकाका नगरप्रमुख बेद गच्छदार स्थानीयबासीबाट सम्मानित भएका छन् । दुहवी नगरपालिकामा निकै ठूलो चुनौतिलाई हिम्मत र साहसका साथ पार लगाउँदै जनतालाई सहज र सवल हुने काम गरेको भन्दै स्थानीय जनताले २५ किलोको माला लगाएर सम्मान गरेका हुन् । 
दुई कार्यकालसम्म मेयरको भूमिकामा देखिएका गच्छदारलाई स्थानीय तहका भौतिक तथा मानविय विकासका लागि निडर अनि हिम्मतका साथ अगाडी बढेर कार्यसफल गरेकोमा खुशी हुँदै सम्मान गरिएको हो । 
दुहबी–६ का बीजी गोयन्काको अगुवाइमा दुहबी–५ स्थिति बजार भित्र नगरपालिकाको २ बिगाहा क्षेत्र भित्र बनेका संरचना हटाएर सार्वजनिक उपदेयताका भवन बनाउने नगर प्रमुख गच्छादको योजनालाई समर्थन र हौसला प्रदान गर्दै सयपत्रीको माला पहि¥याएर सम्मान गरिएको गोयन्काले बताए । सडक मापदण्डमा सधै विवादमा आउने र साँघुरो संरचना कै कारण सडक निर्माण विस्तारमा समस्या आइरहेको थियो । नगरप्रमुख गच्छादार एक्लै भिडेर दुहबीलाई फराकिलो बनाउन अग्रसर भएकाले सम्मान गरिएको गोयन्काको भनाई छ । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया