फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणलगायत भ्रष्टाचारविरुद्ध आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।
भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्नुपर्ने माग गर्दै उक्त प्रदर्शन गरिएको हो । नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भइ भ्रष्टाचार विरोधी विभिन्न साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्नुपर्ने माग गर्दै काठमाडौंको नक्सालमा पनि प्रदर्शन गरिएको थियो ।
नक्सालमा गरिएको प्रदर्शनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाबाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक दलका नेता, कलाकार, साहित्यकार, वुद्धिजीवीलगायत सहभागी थिए । अधिकांश वक्ताले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिन गरी दोशीलाई कानुनी कारबाही गर्नुपर्ने माग गरेका थिए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो