सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ९ मा बाख्राले मकै खाएको निहुँमा एक बृद्ध महिलामाथि कुटपिट भएको छ ।
कोशीपारी शाही जंगल टोलमा बसोबास गर्ने स्थानीय रमेश चन्द्रबंशीको परिवारले सोही स्थानमा बसोबास गर्ने छिमेकी खेति किसानी गरेर गुजारा चलाउँदै आएकी ६२ वर्षीया महिला गितादेवी मण्डललाई कुटपिट गरेपछि अभद्र व्यवहार सम्बन्धी जाहेरी इलाका प्रहरी कार्यालय चक्रघट्टीमा हालेको पीडितका छोरा मिथिलेस मण्डलले बताए । उनका अनुसार पीडित महिलाको बाख्रा मकै बारीमा पसेर खाँदै गरेको देखेपछि धमाउन जाने क्रममा निज महिलामाथि कुटपिट गरी घाइते बनाएपछि किटानी जाहेरी दिएका हौं ।
फाष्ट मिडिया नेपाल संवाददाता
२ माघ २०८०, मङ्गलबार ०९:३२ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो