पूर्वको पशुपतिनाथ भनेर चिनिएको झापाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल अर्जुनधारा जलेश्वरधाममा यतिखेर धार्मिक महायज्ञ चलिरहेको छ । महाभारतकालसँग जोडिएको अर्जुनधाराको नामाकरणमा पाण्डवहरु वनबासमा रहेका बेला अर्जुनले आफ्ना दाजुभाइहरूको तिर्खा मेटाउन जमिन चिरेर पवित्र जलधारा उत्पन्न गराई अहिलेसम्म बगिरहने बनाइएको पवित्र धाममा अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत् पाठ पारायण तथा हवनात्मक महायज्ञ चलिरहँदा झापाका २ स्थानमा गौहत्या भएको छ ।
पूर्वी नेपालको सांस्कृतिक गौरव र पर्यटकीय गन्तव्यको रूपमा ख्याती प्राप्त उक्त स्थानको आसपासमै पर्ने कनकाई ३ को टप्पुमा लैनो गाई हत्या गरेको २ दिन नबित्दै अर्जुनधाराभित्रै पर्ने बिरिङ खोलाको किनारमा गौहत्या भयो । गौहत्यामा संलग्नलाई प्रहरीले पक्राउ ग¥यो, अभियुक्तहरु अनुसन्धानबाट सजायको भागिदार त बन्लान्नै तर त्यति मात्रै गर्दा शृंखलाबद्ध गौहत्याले न्याय पाउन नसक्ने सनातनीहरुको भनाई छ । गत वर्ष पनि यस्तै परिस्थिति सिर्जना भएको थियो र यो वर्ष पनि २ दिनको अन्तरालमा लगातार गौहत्या गरिनुले धेरै प्रश्नहरु उब्जाएको छ । नेपाल राष्ट्रमा धार्मिक स्वतन्त्रतासहितको धर्म निरपेक्ष राष्ट्र घोषित भए पनि संविधानले नै सनातनीहरुको मन मष्तिस्कमा आर्थिक, सांस्कृतिक, जैविक, वैज्ञानिक र धार्मिक रुपमा महत्व राख्ने गाईको संरक्षणमा समेत संविधानबाटै सुरक्षा समेत प्रदान गरेको देखिन्छ । अर्को पशुचौपायसँग सम्बन्धित कानुन पनि आकर्षित हुनेनै छ ।
संविधानको धारा ४ (१) मा नेपाललाई धर्मनिरपेक्ष राज्य भनेको छ भने त्यसको स्पष्टीकरणमा धारा ४ (१) ले ‘सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भनि सनातनलाई संरक्षण गर्ने व्यवस्था पनि गरेको छ । यता फेरी संविधानको धारा २६ (३) ले ‘कसैले कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य दण्डनीय हुनेछ’ भन्छ । ति कुरालाई तपशिलमा राखेर धार्मिक स्वतन्त्रताको गलत व्याख्या गरेर सनातनीले पुजा गर्ने गाईगोरु हाक्काहाक्की काटेर खानु सनातनीप्रति बेइमानी हुनेछ । अपराधीक काम हुँदा हुँदै दण्डनीय छ भनेर जान्दा जान्दै यसरी एक पछि अर्को गर्दै गौहत्या गरिनु निन्दनीय र भत्र्सनायोग्य रहेको छ । यसर्थ काटेर खाएपछि समाएर केही दिन हिरासतमा राख्नुभन्दा पनि यसको मूल जड पत्ता लगाएर अगाडि बढ्नसके मात्र भोलिका दिनमा हाम्रा पुजक गाईगोरु सुरक्षित रहन सक्छन् । र, हामीले गर्ने हरेक धार्मिक कार्यक्रमले सफलता पाउँनेछ । पवित्र उद्देश्यका साथ निकै ठूलो लगानीमा गर्न लागिएको पवित्र धामको पवित्रतामाथि नै आँच आउने प्रकारका यस्ता गलत क्रियाकलापलाई निस्तेज तुल्याउन सनातनी हिन्दु धर्मावलम्बीहरु लाग्न आवश्यक देखिन्छ ।
दिनदुःखीको सेवाका लागि अक्षयकोष स्थापनार्थ पवित्र उद्देश्यका साथ लगाइएको सो महायज्ञले यतिखेर विभिन्न कारणले चर्चा पाइरहेको छ । त्यहाँ स्थापित गरिएका शिवलिंग र भक्तजनलाई दिने सेवा सुविधाका आनन्दसमेतले अर्जुनधाराको जलेश्वरधामको चर्चा उत्कर्षमा पुगेको छ ।
अर्जुनधारा कुनै सामान्य धार्मिक स्थल होइन, यसको प्राकृतिक सुन्दरताले नै यसलाई पृथक बनाउँछ । यहाँको हरियाली, चिया बगान, प्राकृतिक जलधारा र ग्रामीण वातावरणले मानिसको मनमा शान्तिको अनुभव गराउँछ । शहरको व्यस्त जीवनबाट केही समय अलग भएर यहाँको शुद्ध वातावरणमा बिताउनु आत्मिक र मानसिक पुनर्जीवनको अनुभव हुनेछ । पानीको स्रोतको नजिक बस्दा झरना बगिरहेको आवाजले मनमस्तिष्कलाई शान्त बनाउँछ । यहाँका प्राकृतिक दृश्यहरू हेर्दा यो स्थान केवल धार्मिक होइन, पर्यटन र मनोरञ्जनको लागि पनि उत्तिकै उपयुक्त छ भन्ने अनुभूति हुन्छ ।
अर्जुनधारामा सञ्चालन हुने महोत्सवहरू केवल धार्मिक मात्र होइनन् । यी कार्यक्रमहरूले समाजमा योगदान पु¥याउने उद्देश्य पनि राखेका छन् । श्रीमद् भागवत महापुराण महोत्सवबाट संकलित रकम शिक्षा, स्वास्थ्य र सामाजिक उत्थानका लागि उपयोग गरिन्छ । स्थानीय गुरुकुलका विद्यार्थीहरूको पढाइदेखि अस्पतालमा स्वास्थ्य सेवा प्रवाहसम्म यहाँका हरेक धार्मिक गतिविधिले समाज सुधारमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ । यस्ता ऐतिहासिक धार्मिक पर्यटकीय स्थलमा गरिने सामाजिक तथा धार्मिक कार्यमा सघाउ पु¥याउनुको सट्टा उत्तेजित बनाउने र कार्यक्रम नै बिथोल्ने किसिमका गतिविधिले कुनै पनि सनातनीको मन प्रफुल्लित नहुन सक्छ । सबै धैर्यतापूर्वक सर्तक र सजग रहँदै शान्ति र शालिन ढंगबाट समस्या समाधानमा ध्यान पु¥याउन उत्तिकै आवश्यक देखिन्छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो