पाठकको पुर्पुरो : वि.सं. २०८० मंसिर २८ गते (तद्नुसार इ.सं. २०२३ दिसेम्बर १४ तारिख) बिहीबार

फामिने ज्योतिष

मेष – अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने समय छ । सहयोगी वा हितैषीजनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुपक्षको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । साथीभाइको साथ प्राप्त हुनेछ आफन्तसुख मिल्नेछ ।

वृष – दौडधुप बढ्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । व्यापारमा राम्रै फाइदा होला । गरेका कामबाट प्रशस्त लाभ हुने योग छ । मातृधनबाट लाभ मिल्नेछ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । जोखिमप्रति केही सचेत रहनु हितकर होला । रसरागको भावना वृद्धि हुनेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – नयाँ काम र जिम्मेवारी हात पार्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सामाजिक उत्तरदायित्व वहन गरिनेछ भने रोकिएका काम समेत सम्पादन हुनेछन् । दाम्पत्यसुख बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ,

कर्कट – स्वास्थ्य कमजोर रहने योग छ तर आज जिम्मेवारी भने बढिरहनेछन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । आज लेनदेनमा विवाद आउने हुनाले आर्थिक क्रियाकलाप नगर्नु नै बेस हुनेछ । खेलकूद भ्रमण आदिमा आकर्षण रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आज केही मात्रामा खर्च बढ्नेछ तर प्रयास गर्दा रोकिएका काम बन्नेछन् । दीर्घलाभ हुने कर्ममा लगानीको समय छ । मातापिताको सहयोग प्राप्त होला । मित्रजनको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।

कन्या – व्यस्तता बढ्नेछ । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने समय छ । आम्दानी बढ्नेछ । नयाँ सवारीसाधन जोहो गर्ने क्रममा हुनुहुन्छ भने प्राप्तिको योग छ । मनोकूलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको साथ मिल्ने योग छ ।

तुला – सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । तथापि आरोग्यता र पराक्रम वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

वृश्चिक – भाग्योन्नतिको समय छ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय भएपनि काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यत्ति फाइदा नहोला । आरोग्यबलका साथ मान महत्व बढ्नेछ । रसरागमा रुचि रहला । समयले साथ दिनेछ ।

धनु – आज विभिन्न अवसर मिले पनि सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । तथापि, धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिने योग रहेकोले समय राम्रै छ । आरोग्यबल बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

मकर – काममा सफलता र आरोग्य वृद्धि हुने समय छ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि होला । सामान्य प्रतिकुलता रहे पनि धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तापनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ ।

कुम्भ – आजको दिन उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने समय छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका मिल्ला । पितृधनसमेत लाभ हुनेछ । व्यापार-व्यवसायमा पनि विशेष लाभ मिल्ने समय छ । दिन मनोरञ्जनपूर्ण रहला । मित्रजनको साथ र सन्तानसुख मिल्नेछ । आयबल बढ्नेछ ।

मीन – कर्मबल बढ्नेछ । सामाजिक कामको दायित्व बढ्ने समय छ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । श्रमको उचित मूल्यांकन हुनेछ भने पढाइलेखाइमा प्रगति हुनेछ । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । स्वास्थ्य केही कमजोर रहला । मौसमी स्वास्थ्य प्रतिकुलताबाट बच्ने कोशिस गर्नु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ ।

फामिने ज्योतिष
प्रतिक्रिया