धनकुटा । मौसम अनुसारको समय परिवर्तन भएको हो वा वातावरण बिग्रिएको हो भन्ने तथ्यमा चासो चिन्ता बढ्दै गर्दा यस पटकको चिसो विगतको अनुभवमा भन्ने हो भने अन्तिममा आएको छ । अब यो वर्ष चिसो नहुने रैछ, गर्मीले देश खाएछ भन्ने अनुभूति गरिरहेका नेपालीलाई एकै पटक अन्तिममा आएको चिसोले निकै अस्तव्यस्त बनाएको छ, जनजीवन प्रभावित बनाएको छ । त्यति मात्र होइन हिमाली क्षेत्रमा खास गरेर उच्च हिमालमा समेत हिउँ पग्लिएर कालो भएका तस्बिरहरु यत्रतत्र आउन थालेको थियो तर आजभोलि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँको वर्षा भएको छ । यस्तै हिउको वर्षा शुक्रबार ताप्लेजुङलगायतका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भएको छ । ताप्लेजुङमा सामान्य वर्षासँगै हिमपात बढेको त्यहाँस्थित हाम्रा संवाददाताले जनाएका छन् । उच्च हिमाली क्षेत्र तथा पाथीभरामा समेत बाग्लो हिमपात भएको हो ।
साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो ।
फक्ताङ्लुङ गाउँपालिका(६ लेलेपको घुन्सा, फले, वडा(७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको घुन्साका छिरिङ टाँसी शेर्पाले बताए । शेर्पाका अनुसार हिमाली क्षेत्रमा अहिले हिमपात भइरहेको छ । ओलाङ्चुङगोलाकै याङ्मामा क्षेत्रमा हिउँ परेको छ । चार हजार दुई सय मिटर उचाइमा रहेको याङ्मा जिल्लाकै उच्च भेगको बस्ती हो ।
यसैगरी तेह्रथुम, सङ्खुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे(मिल्के(जलजले (टीएमजे) क्षेत्रमा पनि हिमपात भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका(५ पापुङ, सिदिङ्वा गाउँपालिकाको उच्च भागमा हिमपात भएको स्थानीयले बताएका छन् । यस वर्ष विगतका तुलनामा भने कमै हिमपात भएको छ ।
हिमपात र वर्षा भएपछि किसान हर्षित भएका छन् । मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहत महसुस गरेका छन् । त्यस्तै नगदे बाली अलैँची, तरकारलगायत बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ । जिल्लाको उच्च स्थानीयमा हिमपात भएसँगै अध्यधिक चिसो बढ्को छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो