फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले वैशाख १७ गते अपहरणमा परेका भोक्राहानरसिंहका विन्देश्वर यादवका ११ वर्षीय छोरालाई विहारको समस्तीपुर एकडेरा एरियाबाट सकुशल उद्धार गरेको जनाएको छ ।
भारतीय नम्बरको बीआर ०९ आर ०७९६ लेखिएको गाडीमा आएका अपरिचित ५ भारतीय नागरिकले अपहरण गरेको भोलिपल्ट १८ गते ह्वाटसएपको भारतीय नम्बरबाट फोन गरेर २५ लाख फिरौती मागेका थिए ।
फिरौती मागेपछि छोरा अपहरणमा परेको थाहा पाएर यादवले दुहवी इलालका प्रहरीलाई जानकारी दिएलगत्तै सादा पोसाकमा एक प्रहरी निीरक्षकसहितको टोली, प्रदेश प्रहरी आरटीआईका संयुक्त टोली खोजतलास गर्दा गत १९ गते समस्तीपुरबाट सकुशल उद्धार गरिएको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजकुमार राईले बताए । उनका अनुसार बालकलाई अभिभावकको जिम्मा लगाइसकिएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो