धरानमा लगाइएको निषेधाज्ञामा के गर्दैछ सुरक्षा निकाय ? निषेधाज्ञा कार्यान्वयनमा कस्तो रणनीति ल्यायो ?

खगेन्द्र कार्की

धरानका लागि लगाईको निषेधाज्ञा पालनाका निम्ति बेलुकै देखि कडा निगरानी, इटहरी र धरानको सीमा नाकामा कडा सुरक्षा चेकजाँच हुँदै, धरानमा उच्च सर्तकता

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । धरानमा फैलिएको डेंगु नियन्त्रणसँगै भोलि गरिने कार्यक्रमबाट हुने सम्भावित घटना रोक्नका लागि अहिले बेलुकै देखि सुरक्षा व्यवस्था कडा पारिएको छ । इटहरी र धरानको सीमा नाकामा सुरक्षा निकायका प्रहरीहरु यातायातका साधन चेकचाँचमा खटिएर सुरक्षा व्यवस्थालाई निकै सर्तकता अपनाएको देखिन्छ । 

धरानमा फैलिएको डेंगुको महामारी र त्यहाँ भोलि हुन सक्ने सम्भावत घटनालाई रोक्न र राति १२ बजेदेखि लाग्ने निषेधाज्ञालाई पालन गराउन सुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्का बताउँछन् । उनले निषेधाज्ञामा अति आवश्यक सेवा सञ्चालन गर्न पाउने तर अन्य कुरामा रोक लगाउने डिएसपी खड्काले बताए । इटहरी र धरानको सिमा क्षेत्रबाट विशेष गरेर धरानतर्फ जाने यातायातका साधनहरुमा बढी निगरानी गरिएको छ । भोलि गर्ने भनिएको कार्यक्रमको तयारीका लागि निषेधाज्ञा लागु हुने समयभित्र कुनै पनि घातक वस्तु तथा मानिसहरु निषेधित स्थानमा जान नपाउन भनेर त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको डिएसपी खड्काको भनाई छ । मोटरसाइकल, बस, ट्रक, टिप्पर मात्र नभएर साइकलसमेतलाई पनि निकै निगरानीका साथ सोधपुछ गरेर मात्र छिर्न दिने गरेको छ । शान्ति सुरक्षा अमनचयन कायम गर्न खटिने सबै सुरक्षा निकायका प्रहरीहरु उक्त क्षेत्रमा खटिएका छन् । 

धरानमा हुने सम्भावित घटनालाई लिएर राजनीतिक दल, नागरिक समाज, उपमहानगरपालिका र पूर्व धरानका नगरप्रमुखहरुले बेग्ला बेग्लै विज्ञप्ति जारी गरेर सामाजिक सद्भाव नभटकाउन र सुन्दर र शान्त नगरी धरानलाई त्यही रुपमा छोड्न आग्रह गरिरहेका छन् भने सामाजिक सञ्जालबाट सबैले सचेतनामूलक सामग्री राखिरहेका देखिन्छन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया