इटहरी । नेपाल कपडा तथा सिलाई व्यावसायी संघ इटहरी नगर कमीटीको अध्यक्षतामा टंकमणी न्यौपाने ( रोविन ) चयन भएका छन् ।
नेपाल कपडा तथा सिलाई व्यावसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ,राष्ट्रिय महिला उद्यमी कोशी प्रदेश समीती संयोजक तारा खनाल अधिकारी,विसिष्ट सदस्य भाइसन वर्देवा,केन्द्रीय सदस्य तथा प्रदेश सचिव नविन विकल्प लगायत उद्यमी व्यावसायीहरुको उपस्थीतीमा भएको भेलाले टंकमणी न्यौपाने ( रोवीन )लाई अध्यक्षतामा सर्वसमत चयन गरेको हो ।
त्यसै गरी उपाध्यक्षमा पुजा वोहोरा,रमेस रत्ने,उपेन्द्र वर्देवा,मिलन सीवा,कोषाध्यक्षमा निलिमा पराजुली,सचिव सुमित्रा भट्टाराई,सहसचिव कृसा विष्ट,निर्मल अधिकारी,सदस्य विसाल परीयार,कोपीला निरौला अनसारी,कृष्ण वहादुर परीयार,उमा धिमाल,सरु शर्मा,यादव पाचकोटी,नविन नेपाली,नारायण श्रेष्ठ,महोमद संसदअली,त्यसै गरी सल्हाकारहरुमा अजय अधिकारी,सुरेस भट्टराई,गोपाल तिखत्री,भाइसन वर्देवा,नविन विकल्प,अनुप गौतम रहेका छन् ।
इटहरी उपमहानगरपालिका भित्रका सिलाई ब्याबसायमा रहेका कमिकमजाेरी यश भित्र भएका नकारात्मक गतिविधिहरु लाई एउटा सिस्टममा ल्याएर सकारात्मक ढंगले अगाडि बढाउनकाे लागि नेतृत्वदायी भुमिका खेल्नेछ भन्ने उदेश्यले याे नगर कमिटी गठन गरिएको कमिटीका सल्लाहकार नवीन बिकल्पले जानकारी गराए, कपडा तथा सिलाई व्यावसायी महासंघको आयोजनामा इटहरी नगर कमीटी गठन सगै नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ अन्तरगत राष्ट्रिय उद्यमी महिला प्रदेश १ भेला साथै क्यालेन्डर लोकार्णपण कार्यक्रम सम्पन्न भएको हो ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो