सिक्किमको गान्तोक–नाथुलामा हिमपहिरोमा परेर तीन नेपालीसहित सातको निधन

खगेन्द्र कार्की

चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीको मुना शाह श्रेष्ठको निधन

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीको मृत्यु भएको छ । सिक्किम सरकारले विज्ञप्ति जारी गर्दै गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर ३ नेपालीसहित ७ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

मृत्यु हुने तीन नेपालीहरूमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीको मुना शाह श्रेष्ठ रहेका छन् ।नेपालबाट घुम्न गएका उनीहरू अचानक आएको हिमपहिरोमा परेका हुन् ।

तीनै जनाको शव नेपाल ल्याउने तयारी भइरहेको छ । मृत्यु हुनेहरूमा उत्तर प्रदेशका बल सिंह र रेव्या सिंह, कोलकाताका सौरभ रोय चौधरी र प्रितम मात्ये रहेका छन् । त्यस्तै हिमपहिरोमा परेर १३ जना घाइते भएका छन् ।

खगेन्द्र कार्की
प्रतिक्रिया