मोरङको गोठगाउँमा अस्पताल सञ्चालनका लागि स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले बुझायो ज्ञापनपत्र

फाष्ट मिडिया नेपाल संवाददाता

नागरिक समाज सुन्दरहरैंचा ७ र स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचा को संयुक्त समुहले पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा अस्पताल संचालनका लागि दबाब सहित १३ बुदे ज्ञापनपत्र बिहीबार बुझाएको छ ।

सोही क्रममा वडा नं. ७ का वडा अध्यक्ष भुवन सिंह मगर सुकुना बहुमुखी क्याम्सका प्राध्यापक उमेश उप्रेती र स्वतन्त्र नागरिक समाजका सल्लाहकार शंकरमान कार्कीले अस्पताल सञ्चालनको आवश्यकताका बिषयमा बिचार राखेका थिए ।  

उपकुलपति यादवराज कोईराला र रजिस्ट्रार समेत नभएपछि नागरिक समाज  ७ नं. वडा का संयोजक देबी सिटौला र स्वतन्त्र नागरिक समाजका संयोजक चिरञ्जीवी शिवाकोटीको कार्यक्रममा उपस्थिती रहेको थियो। अस्पतालका निर्देशक शशी शर्मा रिजाललाई आ–आफ्नो ज्ञापनपत्र पेस गरे । कार्यक्रमको संचालन नागरिक समाज वडा ७ कि सदस्य सारदा न्यौपानेले गरेकी थिइन् । 

समाजले उक्त स्वास्थ्य संस्था सञ्चालनका लागि १५ बुँदे ज्ञापन पत्र बुझाएको छ । सोज्ञापन पत्रमा

१. सुन्दरहरैंचा नगरपालिका गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्वविद्धालय  गोठगाउ परिसरमा मृत अवस्थामा रहेको अस्पताललाई कम्तिमा ५० बेडको सुबिधासम्पन्न २४ घण्टा आकस्मिक सेवा सहितको अस्पताल बनाउन हार्दिक अनुरोध सहित ध्यानाकर्षण गर्दछौ ।

२. पुर्वाञ्चलकै गहनाको रूपमा हेरिएक‍ो पुविविमा सामान्य बिमारीको समेत उपचार नभएर सरकारी बिमाको रिफर सेन्टरका रूपमा मात्र काम गरेकोमा स्वतन्त्र नागरिक समाज दुस्ख व्यक्त गर्दछ । 

३. पूर्वाञ्चल विश्वविद्यालय  गोठगाउँमा खरबौंको सम्पति ८०५ बिघा जग्गा दर्जनौं भवन हरू भएर पनि सामान्य स्वास्थ्य चौकि वा नगर अस्पताल जतिपनि सेवा सुबिधा दिन नसक्नु लज्जाको विषय हैन र रु 

४. पूर्वाञ्चल विश्वविद्यालय  गोठगाउँ अस्पतालमा सेवारत डाक्टरलाई सहयोग गर्ने परिचारिका९नर्स० हरूको व्यवस्था अस्पतालले किन गर्न सक्दैन रु

५. पूर्वाञ्चल विश्वविद्यालय  सेवा आयोगले गरेको बिज्ञापन को नतिजा निष्पक्ष रूपमा योग्यता र क्षमताको आधारमा यथाशीघ्र प्रकाशित गरियोस् । माली तथा श्रेणीविहीन पदका लागि स्थानीय बासी लाई प्राथमिकता दिईयोस ।

६.  पूर्वाञ्चल विश्वविद्धालय  गोठगाउँमा बिमारी हरूलाई पालोमा राखेर बोलाउने सामान्य पियन पनि नहुनु अस्पतालको योभन्दा दयनीय अबस्था केहोला रु

७.  पूर्वाञ्चल विश्वविद्धालय  गोठगाउँको अस्पतालमा आएका बिमारी ले शौचालय प्रयोग गरिसकेपछि हात धुन साबुनको समेत व्यवस्था छैन, साबुनको अनिवार्य व्यवस्था गरियोस ।

८.  पूर्वाञ्चल विश्वविद्धालय अस्पतालको ल्याबमा संधैभरी कुनै न कुनै केमिकल वा किड्सको अभाभ भैरहेको हुन्छ, यस बिषयमा विश्वविद्यालयका पदाधिकारी र व्यवथापक किन अनुत्तरदायी देखिन्छन रु 

९. अस्पतालमा आएका सामान्य बिमारी लाई, ल्याब टेस्ट, एक्सरे, र भिडियो एक्सरे को रिपोर्ट एकै दिनमा देखाउन पाउने बाताबरण बनाउन समेत स्वतन्त्र नागरिक समाज हार्दिक अनुरोध गर्दछ ।

१०.  पूर्वाञ्चल विश्वविद्यालय गोठगाउमा अस्पतालको यस्तो अवस्था हुनुमा कुलपति सहस्कुलपति, उपकुलपति, रजिस्ट्रार, डिन र डाईरेक्टर को केही जिम्मेवारी र भुमिका हुँदैन रु यदि हुन्छ भने, करिब २० बर्ष देखि किन अस्पताल झन झन दयनीय अवस्था बेहोर्न बाध्य छ रु

११. पूर्वाञ्चल विश्वविद्यालय  अस्पताल जस्तो गम्भीर स्थानमा अस्पताल संचालनमा संचालकहरू बाटनै बेवास्ता गरिनु राजनीतिक निर्देशनमा चल्नु प्राज्ञिक बर्गको अपमान हैन रु

१२. पूर्वाञ्चल विश्वविद्यालय देशकै विद्वान वर्गको रूपमा रहेका विशेषज्ञ डाक्टरले आफ्नो कर्तव्य भुलेर असफल राजनीतिज्ञको आदेशपालक बन्ने परम्परा भयो भने भोलिका सन्तति लाई करोडौं खर्च गरेर किन र कस्ले डाक्टर पढाउने रु 

१३. पूर्वाञ्चल विश्वविद्यालय  अस्पताल र क्याम्पस भवन अगाडि वरिपरिको फोहोर, झाडी र जंगलले अस्पताल र कलेज अनि यहाँका विद्यार्थी, कर्मचारी, बौद्धिक प्राध्यापक, डाक्टर, प्राज्ञ बर्ग र उच्च शिक्षा प्राप्त गर्ने उदेश्यले आउनुभएका विद्यार्थी ले अस्वस्थ, असुरक्षित र अप्ठेरो महसुस किन गर्नुहुन्न रु बेला बेला सरसफाइ कार्यक्रम गर्नु गराउनु हुन सबैको ध्यानाकर्षण पनि गराउन चाहन्छौ ।

१४. पूर्वाञ्चल विश्वविद्यालय मा आकस्मिक दुर्घटना र असुरक्षाको महसुस नहुनको लागि प्रहरी बिटको व्यवस्थापन मा पहल गरियोस् ।

१५. अस्पताल जनस्तरबाट संचालन गर्ने भन्ने बाहनामा अस्पताललाई अपांग बनाई राख्ने हो भने बिधान संशोधन गरियोस् । या जनतालाई नै जिम्मादिने व्यवस्था गरिदिनु भनिएको छ । 

उपर्युक्त अस्पताल संचालनका मागहरू लाई छिटो भन्दा छिटो कार्यन्वयन गरि जनताको स्वास्थ्य जिवनमा प्रत्येक्ष सरोकार रहेक जनताको नैसर्गिक अधिकारको रूपमा रहेको स्वास्थ्य र शिक्षालाई राजनीति, स्वार्थ र नाताबाद को क्यानसर बाट समेत बचाउनुहोस् । यदि राम्रोसंग अस्पताल  संचालन गर्न साँचिकै नसक्ने हो भने अस्पताल बन्द गरियोस् । बिमारी लाई दुख मात्र दिन यहाँ अस्पताल छ, यहाँ बिज्ञ विशेषज्ञ डाक्टर हुनुहुन्छ भनेर प्रचार  नगरियोस् ।लगायतका सन्दर्भ समेटेर नागरिक समाज वडा कार्यसमिति संयोजक देवी सिटौला र स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचा मोरङका संयोजक चिरञ्जीवि सिवाकोटीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा जनाइएको छ । सो ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय बिराटनगर, मोरङ । मार्फत, कुलपति तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौं ।, सह कुलपति तथा शिक्षा मन्त्रीको कार्यालय सिंहदरबार काठमाडौं ।, स्वास्थ्य मन्त्रीको कार्यालय सिंहदरबार, काठमाडौं ।, उपकुलपतिको कार्यालय पूर्वाञ्चल विश्वविद्यालय   गोठगाउँ मोरङ  ।, सुन्दरहरैंचा नगरपालिकाको कार्यालय बिराटचौक मोरङ ।, जिल्ला प्रशासन कार्यालय बिराटनगर, मोरङ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया