रिना तामाङ, सुनसरी। रामधुनीवडा नं. २ र ४ मा ई टि सी नेपालको सहयोग तथा सेभ द अर्थ सुनसरीको समन्वयमा बालविकास केन्द्रका शिक्षिकाहरूलाई ४ दिने ई.सी.डी तालिम सम्पन्न भएको छ। रामधुनीका विभिन्न सामुदायिक विद्यालयका बालविकास केन्द्रका शिक्षिकाहरूलाई बालबालिकाहरुको विकाससँग सम्बन्धित चेतना जगाउन शिवनगर मा. वि र भगवती आ. वि मा चैत्र १४ देखि १७ सम्म आयोजना भई सम्पन्न भएको हो।
कार्यक्रम रामधुनी ४को भगवती आ.विमा र वडानं २को शिवनगर मा.वि मा कार्यक्रम आयोजना भएको थियाे। जसमा ममता गुरुङ र हिरामाया थामीले प्रशिक्षण तथा सहजीकरण गरेका थिए।
सेभ द अर्थका कार्यक्रम संयोजक गोविन्द चौधरीले प्रारम्भिक वर्षमा भर्ना हुने बालबालिकाहरू खेल्दै, रमाउँदै तथा मनोरञ्जनात्मक ढंगबाट ज्ञान हासिल गर्ने भएकाले सो तालिमले उनीहरूको मनोविज्ञान साथै स्मरण क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनले शिक्षिकाहरुलाई सो तालिमबाट सिकेका अनेकन क्राफ्टका सामग्री प्रयोग गरेर बालबालिकालाई मनोरञ्जन शैलीबाट अध्यापन गराउन अनुरोध पनि गरेका छन्।
यस्तै सेभ द अर्थका शिक्षा शाखा संयोजक हरी चौधरीले विगतमा पनि सो किसिमको तालिम दिंदै आएको बताउँदै यसले शिक्षण बिधीमा नयाँ शैली आरंभ भएको बताएका छन्। उनले बालबालिकालाई कागजको प्रयोग बाट विभिन्न खेलका, पठनपाठनका, फूल, चरा लगायतका सामाग्री बनाई अध्यापनमा थप सहयोग पुर्याउने भएकाले सो तालीम बाल विकास केन्द्रका शिक्षिकाहरुका लागि आयोजना गरिएको जानकारी दिए।
तालिममा सहभागीहरुले बालबालिकाको बौद्धिक, भाषिक, बाल मोनोबिज्ञान र सामाजिक विकासका लागि चाहिने आधारभूत कुराहरूको ज्ञान पाएका थिए। साथै बालविकास केन्द्रको कक्षा व्यवस्थापनबारे पनि शीप हासिल गरेका थिए।
तालिममा सहभागीहरूलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो। प्रमाण पत्र वितरणको क्रममा एकीकृत सामुदायिक विकास कार्यक्रमका संयोजक गोविन्द चौधरीले बालविकास शिक्षिकाहरूलाई दिइएको तालिमले रामधुनी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधारमा आफू विश्वस्त रहेको बताएका छन्।
४ दिने तालिममा रामधुनी नगरपालिका वडा नं. २ का विभिन्न सामुदायिक विद्यालयको बाल विकास केन्द्रमा कार्यरत ९ जना र वडा नं. ४ का ७ जना शिक्षिकाले सहभागीता जनाएका थिए।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो