आउँदै गरेको दोस्रो ठूलो पर्व दिपावलीमा लगाईने भाइटिकाको साइत १०ः५१ बजे शुभ

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०ः५१ बजे शुभ रहेको जनाएको छ ।

भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः५१ बजेको उत्तम साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जनाएका छन् । राज्यसञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ । तिहार नेपालीको दोस्रो ठूलो चाड हो । नेपालमा धेरैले मनाउने दशैँ र तिहारलाई राष्ट्रिय पर्वका रूपमा मानिएको छ । तिहार पाँच दिनसम्म मनाउने गरिन्छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया