त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र प्रेमा देशव्यापी रिलिज हुने तयारीमा

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । त्रिकोणात्मक प्रेम कथामा आधारित नेपाली चलचित्र ‘प्रेमा’ शुक्रबारबाट देशव्यापी रिलिज हुँदै छ । यो चलचित्र मुलुकका ६ दर्जनभन्दा बढी सिनेमा हलमा एकसाथ रिलिज हुने यसको निर्माण पक्षले जनाएको छ ।

निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको हो । शुक्रबार आफ्नो फिल्मले एकल रिलिजको अवसर पाएको निर्देशक भण्डारीले बताएका छन् । चलचित्रको कथाबारे उनले भने, ‘यो मैले देखेको प्रेम कथाका हो । प्रेममा परेका व्यक्तिले सही समयमा सही निर्णय लिन नसक्दा त्यसको परिणाम जे पनि हुन सक्छ भन्ने कथा यो चलचित्रमा उठान गरिएको छ ।’ आफ्नो सिनेमा नेपालीसँगै तेलुगु भाषामा पनि निर्माण भएको र तेलुगु भर्सन चाँडै नै ओटीटी प्लेटफर्मबाट रिलिज हुने पनि उनले बताएका छन् ।

यो चलचित्रमा अरुण क्षत्री, सुभेक्षा खड्का, सृष्टि श्रेष्ठ, विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया ९काजु०लगायतको अभिनय छ । फिल्मका निर्माता विवेक घिमिरे र कार्यकारी निर्माता सामर्थविक्रम थापा हुन् ।

यो चलचित्रको बिहीबार काठमाडौंमा प्रिमियर गरिएको थियो । प्रिमियरमा दर्शकबाट फिल्मले राम्रो प्रतिक्रिया पाएको छ । फिल्म ‘महापुरुष’की अभिनेत्री अञ्जना बराइलीले यो चलचित्र फरक प्रेम कथामा बनेको र आपूmलाई राम्रो लागेको बताइन् ।

अभिनेत्री सन्ध्या केसीले पनि यो चलचित्रको मुख्य तीन पात्रको प्रेमले चलचित्र प्रेमलाई राम्ररी बाँधेको बताइन् । अभिनेता अरुण क्षेत्रीले अघिल्लो चलचित्र महापुरुषभन्दा यसमा आपूmले फरक काम गरेको र अहिलेको पुस्ताले आफ्नो कामलाई मन पराउने बताए ।

अभिनेत्री शुभेच्क्षा खड्काले अघिल्लो फिल्म रणवीरभन्दा यसमा निर्देशक गोविन्दले आपूmलाई निकै फरक काम गराएको जिकिर गरिन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया