लायन्सको आयोजनामा गछियामा आयोजित रक्तदानबाट ५० पिन्ट बढी रगत संकलन

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

गछिया (मोरङ) ।कोशी प्रदेशमा रगतको अभावमा कुनै पनि व्यक्तिको ज्यान नजाओस् भन्ने महान पुण्यको सोच लिएर विभिन्न क्षेत्रमा रगत संकलन गर्नेहरुको कमी देखिँदैन । त्यसैमाथि झन सामाजिक अभियानमा अब्बल मानिएको संस्था लायन्स क्लब अछुतो रहने कुरै भएन । केही दिन अगािड मात्रै सुन्दरहरैंचा नगरपालिकाको वडा नं. ३ मा पर्ने इटहरीको नजिकमा रहेको गछियामा यसै क्षेत्रका विभिन्न एरिना लायन्स क्लबहरुले संयुक्त रुपमा रक्तदान गरेर ४० पिन्ट रगत रगत संकलन गरेका छन् । समाजका सबै तह र तप्काका युवाहरुल रक्तदान गरेको सो कार्यक्रम लाइन्स क्लब गछिया, दुलारी बाँसबारी र बलियाले आयोजना गरेको लायन्स क्लब अफ गछियाका अध्यक्ष मातृका चापागाईले बताए ।  

रक्तदान जीवनदान, जीवनदान महादान भन्ने महान उद्देश्यका साथ आयोजित सो रक्तदान अहिले बर्खायाम सुरु भएसंगै अस्पतालका शैयामा कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा भएको भन्ने बिभिन्न सञ्चारमाध्यममा सुनिएको र रगतको अभाव हुन नदिन मद्दत पुगोस भनेर आयोजना गरिएको चापागाईको भनाई छ । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा उक्त रक्तदान आयोजना भएको हो । 


खगेन्द्र कार्की
प्रतिक्रिया