इटहरी आपगाछीको सिरुवा मेलामा नक्कली नोटसँग जेरी

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिका १ आपगाछीमा बिहीबार साँझ लागेको सिरुवा मेलामा नक्कली नोट फेला परेको छ । भेला भर्न आएका थिए गढी गाउँपालिका–२ घर भएका ३८ वर्षीय जमिल खातुन । उनले मेलामा जेरी किनेर एक हजार रुपैँयाको नोट दिए । पसलका सञ्चालकलाई जेरीमा हजार दिएपछि नक्कली भएको आशंका लागेर प्रहरीलाई खबर गरे ।

मेलास्थलमा ड्युटीमा रहेका प्रहरीले खबर पाएपछि नोटको नाँपजाँच गरेका थिए । नक्कली ठहरिएपछि पैसा तिर्ने खातुनलाई नियन्त्रणमा लिइएको थियो । त्यस क्रममा उनको साथबाट ६ थान हजारका र २२ थान पाँचसय दरका नोट बरामद भएको थियो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार बरामद भएका नोट सबै नक्कली रहेको पाइएको छ । नक्कली नोट बोकेर मेला भर्न आएका उनले विभिन्न सामान खरिद गर्ने नाममा सक्कली साट्ने योजना बनाएका थिए । नियन्त्रणपछि उनीमािथ थप अनुसन्धान सुनसरी प्रहरीले सुरु गरेको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया