पाठकको पुर्पुरो : २०७९ फागुन २८ गते आइतबार तदनुसार १२ मार्च २०२३, ११४३ नेपाल सम्बत

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) डेक्स

मेष – आरोग्यता बढ्नेछ । साहसिक काममा सफलता प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रचनात्मक काममा जुट्ने समय छ । सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने अधुरा काम पनि बन्नेछन् । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – आरोग्यबल वृद्धि भए पनि आजको दिन त्यति उत्साहजनक नरहला । महत्वपूर्ण निर्णय गर्नुछ भने आज थाती राख्नु उचित हुनेछ । कडा प्रायस गरे पनि सफलता हात नलाग्न सक्छ । कसैसँग बादविवाद हुन सक्ने योग रहेकोले सावधान रहनुहोला । पारिवारिक समस्या आइपर्न सक्छ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आजको दिन व्यस्तता बढ्नेछ । नयाँ कामको सुरुवात खासै राम्रो छैन, काममा परिश्रम ज्यादा तर परिणाम सामान्य मात्र मिल्न सक्छ । सामाजिक काममा नाम रहने समय भए पनि मन दुविधाग्रस्त रहला । यात्रामा भने सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – दिन शुभदायी छ । मनोरञ्जनात्मक किसिमले दिन बित्नेछ । सामाजिक काममा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने समय छ । मान-प्रतिष्ठा मिल्ला । काम बन्नाले मन रमाउने योग छ । प्रेमभाव बढ्ला । आरोग्यता वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह – व्यस्तता बढ्नेछ । आजको दिन सोच्दै नसोचेको स्थानबाट लाभ हुन पनि सक्छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । बोलीमा सजगता नअपनाए मिथ्या आरोप लाग्न सक्छ । परिवारबाट टाढा बस्नुपर्ला । मित्रजनको भने साथ मिल्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आजको दिन स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनु हितकर होला । अध्ययन–अध्यापनमा पनि ध्यान दिन नसकिएला । दुःख दिन चाहनेहरू सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । अनावश्यक खर्च बढ्न सक्छ, ध्यान दिनुहोला । पराक्रम बढ्नेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । मान महत्वमा कमी आउनेछैन । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – आरोग्यता वृद्धि होला । चुनौतीहरू सजिलै पार लाग्ने समय छ । बुद्धिविवेकले राम्रो काम गर्नाले ठिक निर्णयहरू लिइनेछन् । घरमा पाहुना आगमनको योग छ । सहयोगीहरूले साथ दिनेछन् । रसरागमा रुचि बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – प्रतिस्पर्धीहरू पराजित हुने समय छ । व्यापार–व्यवसायमा विशेष फाइदा होला । महत्वपूर्ण काममा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा हितकर होला । विलासी कार्यमा सफलता प्राप्त हुनेछ । दाम्पत्यसुख बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – घरायसी समस्याले सताए पनि गरेका कार्य सफल हुनाले गर्दा सन्तुष्टि मिल्ला । आयआर्जन राम्रै हुनेछ । तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – नयाँ काम सुरु गर्ने समय छ । तर, काममा ढिलासुस्ती आउनुका साथै खर्चको मात्रा बढ्न सक्छ । आर्थिक हानी हुन सक्नेप्रति सावधान रहनु हितकर होला । अरूको भर पर्दा काममा धोका हुन सक्छ । रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – स्वास्थ्यमा समस्या देखिन सक्छ । तर कामप्रतिको लगावले मनमा खुशी प्रदान गर्ला । बन्न लागेको काम बिग्रन सक्ने योग छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्तानबाट सुख मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – दौडधुप र साहस बढ्नेछ । आजको दिन नयाँ काम सुरु गर्नु शुभदायी रहला । व्यापार-ब्यवसायबाट लाभ हुने समय छ । आर्थिक पक्ष सन्तोषजनक रहला । रोकिएका काम छन् भने पूरा गर्ने प्रयास गर्नुहोला, नयाँ काम पनि सुरु गर्ने समय छ । आफन्तको साथ भने कमै मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया