बुद्धजयन्ती अर्थात बुद्ध पूर्णिमाको दिन आज यो वर्षको पहिलो चन्द्र ग्रहण लाग्ने

खगेन्द्र कार्की


फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । 

इटहरी । बुद्धजयन्तीको खास दिनमा २०८० को पहिलो आज (शुक्रबार) चन्द्रग्रहण लाग्दैछ । चन्द्र ग्रहण एउटा भौगलिक घटना मानिन्छ । यस वर्षको चन्द्रग्रहण यस अर्थमा पनि खास छ कि यो बुद्ध पूर्णिमाका दिनमा लाग्दैछ, जो १३९ वर्ष पछि लाग्न लागेको हो ।

यो चन्द्रग्रहण तुला राशी र स्वाती नक्षत्रमा लाग्दछ । बैशाख २२ गते राति ८ बजेर ४४ मिनेटदेखि सुरु भएर मध्यरात अर्थात करिब १ बजेर २ मिनेटसम्म रहन्छ । यो चन्द्रग्रहणको कुल अवधि ४ घन्टा १५ मिनेटको हुनेछ ।

चन्द्र ग्रहणको सुतक काल ९ घन्टा अगाडिबाट सुरु हुन्छ तर यो चन्द्रग्रहण नेपालबाट भने देखिने छैन, जसकाकारण यहाँ सुतककाल मानिदैन । यो उपछायाँ चन्द्रग्रहण हो, चन्द्रमामा पृथ्वीको छायाँ मात्र एउटा क्षेत्रमा मात्रै देखिने भएकाले सबैतिरबाट यो देखिँदैन ।


खगेन्द्र कार्की
प्रतिक्रिया